Edukhabar
शनिबार, २८ भदौ २०८२
अन्तैवाट

क्याम्पसले चलायो विद्यार्थीलाई पढाऔँ अभियान 

बुधबार, २२ पुस २०७२

काठमाडौँ, २२ पुस । भूकम्पपछि चरम आर्थिक संकटमा परेर पढाई छाड्ने स्थितीमा पुगेका विद्यार्थीका लागी गौरीशंकर बहुमखुी क्याम्पसले निशुल्क पढाउने अभियान चलाएको छ । 

‘एक विद्यार्थी पढाऔँ’ अभियानअन्तर्गत यस बर्ष कम्तिमा ५० जना अति प्रभावित विद्यार्थीलाई पढाउने घोषणा क्याम्पसले गरेको छ। 

जिल्लाको सबैभन्दा जेठो क्याम्पसमा भूकम्पपछि उच्च शिक्षा हासिल गरिरहेका विद्याथी नियमित कक्षामा नआउने समस्या बढ्दै गएपछि यस्तो अभियान शुरु गरेको हो ।

 भूकम्पले संकट ल्याएपछि पढाई छाडेर गाउँघर फर्किने, मजदुरी गर्न जाने वा विदेशिने क्रम बढेकाले एक विद्यार्थी पढाऔँ अभियानबाट पूनः कक्षामा फर्किने आशा गरिएको क्याम्पस प्रमुख सुनिल आचार्यले बताए । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया