Edukhabar
आइतबार, २९ असार २०८२
अन्तैवाट

जिशिकामा हाजिर गर्ने शिक्षक तनावमा !

विहीबार, २३ पुस २०७२

काठमाडौँ, २३ पुस । जिल्ला शिक्षा कार्यालय, काठमाडौँले र सामुदायिक विद्यालयहरुबीच समन्वय नहुँदा शिक्षक सेवा आयोग उत्तीर्ण योग्यतासुचीका शिक्षक मानसिक तनाब झेलिरहेका छन्।

स्कुल र जिल्ला शिक्षा कार्यालयको समन्वय नभएकै कारण जिल्लाले स्थायी दरबन्दीका शिक्षकलाई नियुक्तिका लागी पत्र थमाएर हाजिर हुन दिएका छैनन् ।  शिक्षकहरु अचेल बिहानै जिल्ला शिक्षा कार्यालय आएर हाजिर गरी दिनभर बेकाम बस्नुपर्दा मानसिक तनाब झेल्नुपरेको गुनासो गर्छन् । 

बुधबार काठमाडौँ जिल्ला शिक्षा कार्यालयमा हाजिर गर्दै गरेका शिक्षक मनोज आचार्य आफुलाई यसरी  कामबिहिन पारिनुमा दिक्क लागेको सुनाउँछन् ।  विज्ञान विषयमा काठमाडौँ जिल्लाका लागी एक नम्बरमा मेरिट लिस्टमा परेका आचार्यलाई नियमअनुसार मध्यबानेश्वरमा रहेको रत्नराज्य स्कुलमा दरबन्दी परेको छ। 

तर जिल्लाले मेरिट मिच्दै उनलाई रक्तविश्राम स्कुल, रक्तकालीका लागी नियुक्ति दिदाँ उनी छक्क परे ।  जिल्ला शिक्षा कार्यालयले आचार्यको स्थानमा १८ नम्बरमा नाम निकालेका गोविन्द पाठकलाई रत्नराज्यमा नियुक्ति दिएको थाहा पाएपछि आचार्यले तत्काले जिल्ला शिक्षा कार्यालयमा उजुरी गरेका थिए । 

त्यसपछि जिल्ला शिक्षा कार्यालयले गल्ती स्वीकार्दै शिक्षक आचार्यलाई पून रत्नराज्यमै नियुक्ति दियो ।  यस्तो गल्ती हुनुमा जिशिका दोषी रहेपनि यसको समाधामा भने कुनै गतिलो पहल भएको छैन् । 

जिल्ला शिक्षाको लापरबाहीले थुप्रै शिक्षक तनाबमा छन् । 

 

(नागरिक दैनिकमा रुबी रौनियारले समाचार लेखेकी छन्।)

 

प्रतिक्रिया