Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

छात्रालाई साईकल

विहीबार, ०३ बैशाख २०७२

पर्सा ३ वैशाख / जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत ८६ जना छात्राहरुलाई सभासद् श्रवण कुमार अग्रवालले साईकल वितरण गरेका छन् । विभिन्न २२ विद्यालयबाट कक्षा ८ उत्तिर्ण छात्राहरुलाई साईकल दिईएको हो ।

ग्रामिण क्षेत्रमा विद्यालय टाढा भएकै कारण विचैमा पढाइ छाड्ने दर धेरै भएकोले उनीहरुको पढाईमा सघाउ पुर्याउन साईकल वितरण गरिएको मधेसी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादवले बताए । अग्रवाल पर्साको क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फका सभासद् हुन् । अग्रवालले संसदीय विकास कोषबाट छात्रा शिक्षामा सघाउ पुर्याउन अभियान थालेको र जिल्लामा कूल ३ सय छात्राहरुलाई साईकल वितरण गरिने यादवले बताए ।

साईकल वितरण समारोहमा भारतीय महावाणिज्य दुत अन्जु रन्जनले महिला शिक्षालाई प्राथमिकतामा राखेर सभासदले गरेको सहयोग  प्रशंसा योग्य रहेको बताइन । महिला शिक्षित भए पुरै परिवार शिक्षित हुने भन्दै उनले महिलाको शिक्षाको स्तर उकास्न नेपालमा भई रहेका गतिविधिहरु प्रशंसा योग्य रहेको पनि बताईन् ।

कार्यक्रममा फोरम नेपालका केन्द्रिय सदस्य विरेन्द्र यादव, इन्दु सिंह, जिल्ला विकास समितिका प्रशासकीय अधिकृत धर्मराज थापा लगायतले सभासद्को सहयोगको प्रशंशा गरेका थिए ।

प्रतिक्रिया