Edukhabar
शनिबार, २३ फागुन २०८२
अन्तैवाट

खुला विश्वविद्यालय तत्काल सञ्चालन गर्न माग

आइतबार, २६ पुस २०७२

काठमाडौँ, २६ पुस । खुला विश्वविद्यालय स्थापना गर्न निकै ढिला भइसकेकामा शिक्षाशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् ।  नेपाल शिक्षाशास्त्री समाज (टेसन)ले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरुले विश्वले निकै अघिदेखि खुला तथा दुर शिक्षा मााध्यमबाट उच्च शिक्षा प्रदान गर्दै आएपनि नेपालमा खुला विश्वविद्यालय स्थापना नहुँदा पहुँच नभएकाहरु उच्च शिक्षाबाट बञ्चित भएको धारणा राखे । 

नेपालमा २०३८ सालबाट खुला विश्वविद्यालयको माग गरिँदै आएको थियो र गत साउन ३१ गते खुला विश्वविद्यालयसम्बन्धि विधेयक व्यवस्थापिका संसदमा पेश गरिएको थियो । 

नेपालमा नवौँ योजनादेखि खुला विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता राज्यले लिदै आएको छ । 

(गोरखापत्र दैनिकमा प्रकाशित समाचार)

 

प्रतिक्रिया