Edukhabar
शनिबार, २३ फागुन २०८२
अन्तैवाट

स्वायत्तता खोज्दै शिक्षक सेवा आयोग 

आइतबार, ०३ माघ २०७२

काठमाडौँ, ३ माघ । विद्यालय तहमा शिक्षक छनोट, बढुवा तथा शिक्षण लाइसेन्स वितरण गर्दै आएको शिक्षक सेवा आयोगले नै छुट्टै ऐन नहुँदा समस्या आएको भन्दै छुट्टै ऐन बनाएर स्वायत्त  निकायका रुपमा विस्तार गर्न शिक्षा मन्त्रालयसंग माग गरेको छ ।

आफ्ना कार्ययोजना बनाएर स्वायत्त निकायका रुपमा स्थापित गर्ने विषयमा पहल गरिदिन आयोगले शिक्षा मन्त्रालयसंग लिखित आग्रह गरेको हो ।  आयोग अहिले शिक्षा ऐन अन्तर्गत सञ्चालित छ । शिक्षा ऐन अन्तर्गत संचालित भएका कारण सानातिना सुधारका काम गर्नुपर्दा पनि ऐन र नियमावलीमा संशोधन गर्नुपर्ने काम झन्झmटिलो भएको आयोगको भनाई छ। 

आयोगत अध्यक्ष ताना गौतमका अनुसार गत साता शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई बुझाइएको कार्ययोजनामा आयोगबाट सम्पादन हुने कार्यलाई प्रभावकारी बनाउन गर्नुपर्ने सुधारका विषय समेटिएको छ।  आयोगले अहिले विद्यालय तहमा स्थायी शिक्षक पदपूर्ति गर्न पाठ्यक्रम निर्माण गर्ने, परीषा सञ्चालन , नतिजा प्रकाशन तथा शिक्षक पदस्थापनाका लागी जिल्ला शिक्षा कार्यालयलाई सिफारिस गर्दै आएको छ । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया