Edukhabar
आइतबार, २९ भदौ २०८२
अन्तैवाट

आयोग बन्दैमा अनसन रोकिन्नः डा.केसी

शनिबार, ०९ माघ २०७२

काठमाडौँ, ९ माघ ।  चिकित्सा शिक्षा र सेवामा सुधारको लागि आन्दोलन गर्दे आएका प्रा.डा.गोविन्द केसीले सरकारले आयोग वनाउँदैमा आफ्नो पूर्व घोषित अनसन नरोकिने बताएका छन् । उनले आफूले उठाएको सबै माग पुरा हुनु पर्ने बताए । 

डा.केसीले आयोग गठन सकारात्मक कदम भए पनि सरकारले यो निर्णय धेरै दवावमा वाध्य भएर गरेको बताए ।  ‘हाम्रो अन्य माग पनि पुरा नभए अगामी सोमवार साँझ ५ वजे म आमरण अनसनमा बस्छुु, डा.केसीले भने । गैर जिम्मेवार र राष्ट्रप्रति ममता नभएका नेता हरुले गर्दा हाल नेपालीहरु कष्टकर जीवन जिउन वाध्य भएको आंैल्याउदै डा.केसीले भने ‘अनसनमा बसे पछि अहिले नेपालीले भोग्दै आएको समस्या समाधान समेत हाम्रो प्रमुख माग मध्ये एक हुनेछ ।’

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया