Edukhabar
आइतबार, २९ भदौ २०८२
अन्तैवाट

मनमोहनको विधेयक फिर्ता नलिए आन्दोलन गर्ने (नामसहित)

सोमबार, ११ माघ २०७२

काठमाडौँ, ११ माघ । सरकारले नीजि मेडिकल कलेजलाई प्रतिष्ठानको रुप दिन संसदमा पुर्याएको विधेयक फिर्ता गर्न नागरिक अगुवाहरुले संसद र सरकारको ध्यानाकर्षण गराएका छन्। चिकित्सा क्षेत्र सम्वन्धि माधेमा कार्यदलका संयोजक केदारभक्त माथेमा सहित ३० भन्दा बढी नागरिक अगुवाहरुले यस्तो ध्यानाकर्षण गराएका हुन्। आइतबार एक विज्ञप्ति मार्फत उनिहरुले डा.गोविन्द केसीलाई समेत घोषित कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन्।

उनिहरुले सरकारले नीजि मनमोहन प्रतिष्ठान सम्वन्धि विद्येयक फिर्ता नलिए डा।केसीलाई साथ दिएर कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन्। सरकारले केहि दिन अगाडी सम्वन्धनको पर्खाइमा रहेको मनमोहन मेडिकल कलेजलाई सरकारी प्रतिष्ठान सरह मान्यता दिने गरि विद्येयक संसदमा लगेको थियो। उनीहरुले वेव साइड मार्फत हस्ताक्षर अभियान समेत चलाएका छन्।

ध्यानाकर्षण पत्र :

नेपालले स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनमा अभूतपूर्व उपलब्धि हासिल गरेको छ। यी उपलब्धिसँगै पछिल्ला वर्षहरुमा थुप्रै विकृति र विसंगति चुलिँदै गएका छन्, जसले जनताको आधारभूत अधिकारसँग जोडिएको स्वास्थ्य सेवालाई नै जोखिममा पार्दै लगेको छ।

यही पृष्ठभूमिमा चिकित्सा शिक्षामा देखिएका चुनौतीलाई सही ढंगले सम्बोधन गर्ने उद्देश्यले नेपाल सरकारले करिब एक वर्षअघि प्रा। केदारभक्त माथेमाको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल गठन गरेको हामी स्मरण गराउन चाहन्छौं। उक्त कार्यदलले चिकित्सा क्षेत्रका विद्यमान समस्या र भविष्यमा आइपर्ने चुनौतीलाई सम्बोधन गर्ने गरी चिकित्सा शिक्षा नीति सिफारिस गरेको थियो। कार्यदलकै सिफारिसलाई आधार मानेर नेपाल सरकारले माघ ८ गते शुक्रबार चिकित्सा शिक्षा आयोग गठन गरेको छ। हामी उक्त कदमको स्वागत गर्दै आयोगले तयार पार्ने चिकित्सा शिक्षा नीतिलाई ऐनमार्फत् व्यवस्थित गर्न माग गर्दछौं।

नेपाल सरकारले एकातिर माथेमा प्रतिवेदनका प्रमुख सिफारिसको अपनत्व ग्रहण गरी त्यसकै आधारमा चिकित्सा शिक्षा आयोग गठन गरेको छ भने अर्कातिर यो प्रतिवेदनको सुझाव र मर्म प्रतिकूल हुने कदम पनि चालेको छ। एउटा नाफामूलक निजी संस्थालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूप दिन कानुन नै निर्माण गर्ने गरी सरकारले विधेयक अघि बढाएको छ। यो कदम विश्वव्यापी प्राज्ञिक मूल्य, मान्यता र मर्यादाविरुद्ध र राज्यले चिकित्सा शिक्षाको सुधारका लागि गरेका प्रतिबद्धताविरुद्ध भएको हाम्रो दृढ ठहर छ।

कुनै पनि नाफामुलक संस्थालाई प्रतिष्ठान बनाउनेगरि छुट्टै कानून निर्माण गर्नु कानूनकै सिद्धान्त विपरीत काम हो। यस्तो कामले गरिमामय संसदको नै अवमुल्यन हुन्छ भन्ने हाम्रो दृढ धारणा छ। यस्तो नजीरले चिकित्सा क्षेत्रमा भबिष्यमा थप विकृति र जटिलता ल्याउने निश्चित छ। तसर्थ, उक्त विधेयक तत्काल फिर्ता गर्न नेपाल सरकारसामु तथा त्यससम्बन्धी प्रक्रिया अघि नबढाउन सम्मानित व्यवस्थापिका संसदसामु हामी जोडदार माग गर्दछौं।

चिकित्सा क्षेत्रको सुधारका लागि डा. गोविन्द केसीले २०७२ माघ ११ देखि सुरु गर्ने भनेको आमरण अनशनप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ। चिकित्सा क्षेत्रका बेथितिविरुद्ध आफ्नो ज्यान जोखिममा राखेर निरन्तर लड्दै आउनुभएका अभियन्ता डा. केसीको योगदानको उच्च सराहना गर्दै उहाँले घोषणा गर्नुभएको अनशन कार्यक्रम अहिलेलाई स्थगित गर्न हामी विनम्र अनुरोध गर्दछौं।

डा. केसीले आठौंपटक अनशन बस्नु नपरीकनै सरकार र संसदले जिम्मेवारीपूर्वक उक्त विधेयक फिर्ता गर्ने वातावरण मिलाउनेछन् भन्ने हामी अपेक्षा गर्छौं। विश्वव्यापी प्राज्ञिक मूल्य, मान्यता, मर्यादा र राज्यले चिकित्सा शिक्षाको सुधारका लागि गरेका प्रतिबद्धता बिपरित ल्याइएको यो विधेयक फिर्ता गर्न सरकार र संसदले पहलकदमी लिएनन् भने उक्त विधेयकविरुद्ध हामी डा. केसीसँगै दृढतापुर्वक उभिने छौं। यसले ल्याउने परिणाममा सरकारकै जिम्मेवारी हुने स्पष्ट गराउन चाहन्छौं।

हस्ताक्षरकर्ताहरु 

केदारभक्त माथेमा

डा सुरेश राज शर्मा

डा मदन कुमार उपाध्याय

प्रा।डा। महेश कुमार उपाध्याय

डा. खगेन्द्र भट्टराई

प्रा.अभि सुवेदी

निलाम्बर आचार्य

प्रा डा जयराज आचार्य

कुलचन्द्र गौतम

डा उपेन्द्र देवकोटा

अनुराधा कोइराला

दमननाथ ढुंगाना

हरिवंश आचार्य

मदनकृष्ण श्रेष्ठ

कृष्ण खनाल

भोजराज पोखरेल

विमल कोइराला

लीलामणि पौड्याल

रामेश्वर खनाल

दीपक ज्ञवाली

नविन प्रकाशजंग शाह

प्रा डा विश्वम्भर प्याकुर्यााल

ध्रुवचन्द्र गौतम

प्रा डा केदार लाल श्रेष्ठ

प्रा डा विद्यानाथ कोइराला

डा मनप्रसाद वाग्ले

डा सरोज धिताल

राजेन्द्र दाहाल

किशोर नेपाल

युवराज घिमिरे

नारायण वाग्ले

प्रतिक प्रधान

कुन्द दीक्षित

खगेन्द्र संग्रौला

सिके लाल

प्रत्युष वन्त

शिव गाउँले

यादव खरेल

कपिल श्रेष्ठ

सलोनी सिंह

पुकार मल्ल

विनोद सिजापति

शेखर खरेल

 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया