Edukhabar
आइतबार, २४ फागुन २०८२
अन्तैवाट

नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा !

शनिबार, २३ माघ २०७२

काठमाडौँ, २३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी माध्यमिक तहको शिक्षक पदमा नियुक्ति लिएको भन्दै नवलपरासीका शिक्षक कृष्णप्रसाद ज्ञवालीविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार नवलपरासी कालिका माध्यमिक विद्यालय शिव मन्दिरमा अध्यापनरत शिक्षक ज्ञवालीले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, इलाहावाद भारतबाट सन् १९८७ मा माध्यमिक तह उत्तीर्ण गरेको भनी पेस गरेको प्रमाणपत्र नक्कली देखिएको हो । 

शुक्रबार शिक्षक ज्ञवालीविरुद्ध हदैसम्मको कारबाहीका माग दाबीसहित आयोगले मुद्दा दायर गरेको हो । 

रासस 

 

प्रतिक्रिया