Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

परीक्षा नियन्त्रक नेपालको ९ दिन पछि होस आयो

मंगलबार, ११ फागुन २०७२

काठमाडौं - मष्तिस्क घात भएर उपचाररत परीक्षा नियन्त्रक खगेन्द्र नेपालको ९ दिन पछि होस आएको छ । उनको गत २ गते दिउँसो अप्रेसन भएको थियो । सोमबार विहान देखि होस् आएको र सामान्य झोल कुरा खान थालेका नेपालका * दाई आनन्द नेपालले एडुखबरलाई बताए । 'सामान्य कुराकानी हुन थालेको छ, डाक्टरहरुले धेरै बोल्न नलगाउनुहोस् भनेका छन्' उनले भने, 'सुधार भएरै आईसीयूबाट आज बेडमा सार्ने तयारी गरेका छौं ।'
चिकित्सकहरुले सिमित पारिवारिक सदस्य बाहेक अन्यलाई भेटघाट गर्न कम गर्न सल्लाह दिएका छन् ।

एसएलसी प्रश्नपत्र छाप्न गोप्यमा बसेका नियन्त्रक नेपाललाई गत माघ २९ गते मष्तिस्क घात भए पछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । मष्तिस्कमा रगत जम्ने क्रम बढ्दै गएपछि चिकित्सकले अपरेसन गर्ने निर्णय गरेका थिए । उनको डा. राजिव झाको टीमले अप्रेसन गरेको हो ।

गत माघ २५ गते देखि प्रश्नपत्र छाप्न जनक शिक्षा सामाग्री केन्द्रको सुरक्षित प्रेसमा छिरेका नेपाल २९ गते बेलुकी ४ बजे तिर बेहोस भएका थिए ।

पढ्नुहोस् :

एसएलसी प्रश्न छाप्न गोप्यमा बसेका नियन्त्रकको 'व्रेन ह्यामरेज'

* सच्याईएको

प्रकाशित मिति २०७२ फागुन ११ गते

प्रतिक्रिया