Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

घुसको रकम सहित विनि पक्राउ

बुधबार, २७ फागुन २०७१

काठमाडौं २७ फागुन / भक्तपुरका विद्यालय निरिक्षक कोमलनाथ घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले घुस लिदैं गर्दा रंगेहात पक्रेको छ ।

पलासेमा रहेको निजी विद्यालयको स्तरोन्नती गर्नका लागि भन्दै उनले घुस मागेको उजुरीका आधारमा टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ । मध्यपुर ठिमी नगरपालिका १५ स्थित एक चिया पसलमा बसेर ३० हजार रुपैंया लिईरहेको अवस्थामा उनलाई टोलिले पक्राउ गरेको हो ।

वालगणेश ईङ्लिस स्कुलको स्तरोन्नती गर्न विद्यालयले जिल्ला शिक्षा कार्यालयमा निवेदन दिए पछि काम गर्न घिमिरेले घुस मागेको उजुरी परेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया