Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

निजी छापाखानाले पाठ्यपुस्तक छापेको फेला

मंगलबार, २६ फागुन २०७१

काठमाडौं २६ फागुन / निजी छापाखानाले छाप्न नपाउने कक्षा ६ र ७ को पाठ्यपुस्तक सितापाईलामा रहेको एक छापाखानाले छापिरहेको फेला परेको छ ।

शिक्षा विभाग, अभिभावक र शिक्षक प्रतिनिधि सम्मिलित अनुगमन टोलीले उक्त तथ्य फेला पारेको हो । केन्द्रीय पाठ्य पुस्तक अनुगमन समितिले केही दिन देखि गरेको अनुगमनका क्रममा मंगलबार दिउँसो अनुगमन गर्दा उक्त कुरा फेला परेको अभिभावक संघका उपाध्यक्ष सरीता अर्यालले बताईन् ।

मिसन प्रिण्टर्स एण्ड मिडिया प्रालीमा पुस्तक छापिएको सुराकीका आधारमा अनुगमन गरिएको थियो । सरकारले नीजि छापाखानालाई कक्षा १ देखि ५ सम्मको पाठ्य पुस्तक मात्रै छाप्ने स्विकृती दिएको छ ।

अनुगमनका क्रममा फेला परेको उक्त तथ्यलाई विभागमा जानकारी गराईने र तत्काल कारवाहि गर्न विभागसँग माग गरिने उनले बताईन् । यसबारेमा विभागले कुनै प्रतिकृया सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया