Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

परीक्षा फारम खुल्यो

मंगलबार, २६ फागुन २०७१

काठमाडौं २६ फागुन /प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले डिप्लोमा तहको विभिन्न खण्डको परीक्षा फारम खुलाएको छ ।

परिषद्को आगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरुमा सेमेस्टर प्रणाली अन्तगर्त डिप्लोमा तहको  इन्जिनियरिङ, फुड एण्ड डेरी टेक्नोलोजी, आइटी/होटलम्यानेजमेन्ट तथा बिशेष छात्रबृति कार्यक्रममा अध्ययन गरिएका विद्यार्थीहरुका लागि परीक्षा फारम खुलाएको हो ।

 परिषद्को परीक्षा नियन्त्रण कार्यालयका अनुसार यि बिषय अध्ययन गरिरहेका प्रथम खण्ड, दास्रो बर्षको प्रथम खण्ड र तेस्रो बर्षको प्रथम खण्डको नियमित तथा आगिंक परीक्षा आउदो चैत÷वैशाखमा सञ्चालन हुने भएपछि फारम खुलाएको हो । परिषद्का अनुसार चैत १० भित्र नियमित शुल्कमा र चैत २५ गतेभित्र बिलम्ब शुल्कमा सम्बन्धित संस्थाहरुले अनिवार्य रुपमा परीक्षा फारम भराउनु पर्ने हुन्छ । 

नियमित शुल्क तर्फ परीक्षका २ हजार र फारमको १० रुपैया तोकिएको छ । परीक्षार्थीले परीक्षाको आवेदन फारमका साथ रजिष्ट्रेशन प्रतिलिपि अनिवार्य बुझाउनु पर्ने हुन्छ । 

 

प्रतिक्रिया