Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

विना लाईसेन्स पढाउन पाईने ब्यवस्थाको विरोध

सोमबार, २५ फागुन २०७१

भक्तपुर २५ फागुन / शिक्षा शास्त्र अध्ययनरत विद्यार्थीले विना लाईसेन्स पनि पढाउन पाईने गरी भएको ब्यवस्थाको विरोध गरेका छन् । शिक्षा शास्त्रका विद्यार्थीहरुले संयुक्त संघर्ष समिति गठन गरेर विरोध जनाएका हुन् ।

दक्ष एवं तालिम प्राप्तले मात्रै अनुमति पत्र वा शिक्षक सेवा पदको लागि प्रतिस्पर्धा गर्न पाउने कुरा कायम गर्न माग गर्दै उनीहरुले शिक्षक सेवा आयोगमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले तालिम प्राप्त शिक्षकबाट पढ्न पाउनु पर्ने बालबालिकाको अधिकार सुनिश्चित गर्न पनि माग गरेका छन् ।

समितिले बुझाएको ज्ञापन पत्रमा फ्रेस विद्यार्थीले शिक्षक सेवामा प्रतिस्पर्धा गर्न पाउने कुराको ग्यारेण्टि गर्दै राहत लगायत विभिन्न शिक्षकको नाममा अतिरिक्त अँक दिने प्रणाली समेत खारेजीको माग गरेको छ ।

गत माघ २६ गते भएको शिक्षा  नियमावलीको नवौं संशोधनमा केही प्राविधिक विषयहरुमा विना लाईसेन्स पनि शिक्षक हुन पाउने ब्यवस्था गरिएको थियो । पढ्नुहोस् शिक्षा ऐनसित बाझिने गरी शिक्षक सेवा आयोग नियमावलीको नवौँ संशोधन

संशोधित नियमावली शिक्षा ऐनसँग बाझिएकोले तुरुन्त खारेजीको समेत माग गरिएको छ । शिक्षक सेवा आयोगलाई संबैधानिक आयोगका रुपमा विकास गर्द राजनीतिक हस्तक्षेप बन्द गर्न पनि समितले माग गरेको छ ।

३ दिनको अल्टिमेटम सहित विद्यार्थीले छ बुँदे माग पत्र बुझाएका हुन् ।

शिक्षा शास्त्रमा अहिले करिव ४ लाख विद्यार्थी अध्ययनरत रहेको र ६ लाखले लाईसेन्स लिएको अवस्थामा सरकारी निर्णय हचुवामा भएको समितिका संयोजक विजय गौतमले बताए । ‘अहिले हामी शिक्षा शास्त्र संकाय अध्ययनरत विद्यार्थी सँगठित भएका हौं, यो अभियानमा विभिन्न विद्यार्थी संगठनहरुसँग पनि सहकार्य गर्ने तयारी छ’ उनले भने ।

प्रतिक्रिया