Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

जिशिकाको ढोकामा सूचना अधिकारीको फोटो !

विहीबार, २१ फागुन २०७१

भक्तपुर २१ फागुन / हरेक जिल्ला शिक्षा कार्यालयको मुल प्रबेशद्धारमा सूचना अधिकारीको फोटो टाँस्नु पर्ने भएको छ । प्रष्ट पहिचान खुल्ने गरी फ्लेक्स प्रिण्ट बनाएर प्रबेशद्धार अगाडि टाँस्न शिक्षा विभागले सबै जिशिकालाई निर्देशन दिएको छ ।

सूचना अधिकारीको परिचय सार्वजनिक गर्दा कार्यालयले गर्ने काम कारवाहिका बारेमा जानकारी लिन चाहनेलाई सजिलो हुने ठहर गर्दै यस्तो ब्यवस्था गरिएको विभागले जनाएको छ । सूचनाको हक ऐन २०६४ मा सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचनामा आम नागरिकको पहुँच सुनिश्चितताको प्रत्याभूति गरिएको छ । सोही अनुसार सबै जिल्ला शिक्षा कार्यालयहरुमा सूचना अधिकारी तोक्न शिक्षा विभागले निर्देशन दिएको छ ।

विभागले ७५ वटै जिशिका तथा ५ वटै क्षेत्रीय निर्देशनालयहरुलाई  सूचना अधिकारी नतोकिएको भए तोक्न र तोकिएको भए प्रभावकारी परिचालन गर्न निर्देशन दिएको हो ।

सूचना अधिकारीको नाम, सम्पर्क नम्बर कोठा नम्बर, सूचना अधिकारीको फोटो समेतको फ्लेक्स प्रिण्ट बनाएर कार्यालयको प्रबेशद्धार अगाडि टाँस गर्न तथा वेभ साईटमा समेत अपलोड गर्न भनिएको छ । उक्त कुराको जानकारी एक हप्ता भित्र विभागमा गराउन पनि भनिएको छ ।

कार्यालयको विवरण वेभसाईट तथा सूचना पाटीमा टाँस गरी हरेक ३ ३ महिनामा अद्यावधिक गर्न पनि भनिएको छ । सूचनाको हक कार्यान्वयनका लागि सूचना अधिकारीलाई आवश्यक श्रोत साधन उपलब्ध गराउन पनि भनिएको छ ।  

प्रतिक्रिया