Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

अपाङ्गता भएका विद्यार्थीलाई बिशेष छात्रबृति

सोमबार, १८ फागुन २०७१

काठमाडौं १८ फागुन/ उच्च माध्यमिक शिक्षा परिषद्ले  कक्षा ११ र १२ मा अध्ययनरत दृष्टिबिहीन, श्रवणशक्ति नभएका (बहिरा) तथा अपाङ्गता भएका विद्यार्थीलाई छात्रबृति दिने भएको छ । परिषद्बाट सम्बन्धन प्राप्त उच्च माध्यमिक र कलेजमा अध्ययनरत विद्यार्थीलाई छात्रबृति दिन लागेको हो । 

उच्च माध्यमिक विद्यालय तहको शिक्षाको पहुच पुरयाउने उद्येश्यले बिशेष शिक्षा सहयोग कार्यक्रम अन्तर्गत छात्रबृति प्रदान गर्न लागेको परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार विद्यार्थीले आवश्यक कागजपत्र चैत १० भित्र आफूले अध्ययन गरेको उच्च माध्यमिक विद्यालय/क्याम्पस मार्फत परिषद्का सम्बन्धित कार्यालयमा पेश गर्न भनिएको छ । परिषद्को कार्यालय विराटनगर, जनकपुर, हेटौडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा आवेदन पेश गर्न सकिन्छ । 

आवेदन दिदा एसएलसीको मार्कसिट र चारित्रिक प्रमाणपत्र, अपाङगताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, विद्यार्थी नियमित अध्ययनरत रहेको र अन्य स्वदेश तथा विदेश कुनै पनि निकायबाट छात्रबृति प्राप्त गरेको छैन भन्ने सम्बन्धित विद्यालय÷क्याम्पसको सिफारिस, अन्यत्रबाट छात्रबृति प्राप्त नगरेको विद्यार्थीको कबुलियतीपत्र पेश गर्नु पर्ने हुन्छ । 

प्रतिक्रिया