Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा

आइतबार, १७ फागुन २०७१
  • शिक्षा कार्यालयमा तालबन्दी /

रौतहट १७ फागुन/ सामुदायिक विद्यालयका शिक्षकहरुले आफनो माग पुरा गराउन विद्यालय बन्द गराएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ता समयमा निकासा गर्नुपर्ने, दरबन्दी मिलान, शिक्षा समिति विस्तार तथा रोक्का गरिएको कतिपय विद्यालयको खाता नियमानुसार फुकुवा गर्नुपर्ने लगायत ७ सुत्रिय माग राखेर विद्यालय बन्द गरेका हुन ।

शिक्षकहरु आन्दोलनमा उत्रिएपछि पठनपाठन ठप्प भएको छ ।  आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै शिक्षकहरुले शिक्षा कार्यालयमा ताला लगाएका छन् । शिक्षकहरुले शिक्षाका कर्मचारीलाई बाहिर निकाली कार्यालयमा तालाबन्दी गरका थिए ।  

आन्दोलनका कारण जिल्लाका ५ सय १ बिद्यालयहरु बन्द भएको शिक्षा कार्यालय रौटहटले जनाएको छ । आफूहरुको माग प्रति सम्बन्धित निकायले बेवास्ता गरेकोले बाध्य भई आन्दोलनमा उत्रनु परेको शिक्षक संघ रौतहटका अध्यक्ष राममंगल राय यादवले जनाए । उनका शिक्षकहरुले असोजदेखि तलब पाएका छैनन । 

विभिन्न पेशागत शिक्षक संस्थामा आवद्ध ११ वटा शिक्षक संघसंगठन,यूनियन लगायतले आन्दोलनप्रति ऐक्वद्धता जनाउदै विद्यालय बन्दको निर्णय गरेका छन् । 

 

 

प्रतिक्रिया