Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक लाईसेन्स परीक्षामा झण्डै डेढ लाख सहभागि

शनिबार, १६ फागुन २०७१

भक्तपुर १६ फागुन / शिक्षक सेवा आयोगले लिने शिक्षक लाईसेन्स परीक्षाका लागि देशभर बाट १ लाख २२ हजार ५ सय ६४ जना सहभागि हुँदै छन् । लाईसेन्सको परिक्षा शनिबार र आईतबार गरी दुई दिन हुँदै छ ।

शनिबार हुने  निमाविको परीक्षामा ९८ हजार ७ सय २४ जनाले फारम भरेका आयोगले जनाएको छ । यस्ते आईतबार हुने माविको परीक्षामा २३ हजार ८ सय ४० जनाले फारम भरेका छन् । 

परीक्षाका लागि देशभर माविको १ सय १६, निमाविका लागि ४ सय ८ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको सबै तयारी पुरा भएको आयोगका उपसचिव सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

यसैविच आयोगले प्रावि, निमावि र माविका प्रथम तथा द्धितीय तहको आन्तरिक बढुवा प्रयोजनका लागि शुक्रबार परीक्षा लिएको थियो ।
तिनै तहमा प्रथम र द्धितीय गरी ३ सय ७७ पद सँख्याका लागि ६ हजार ४ सय ६२ जना प्रतिस्पर्धामा रहेको शिक्षक सेवा आयोगले जनाएको छ ।

१७ गुना धेरै शिक्षक बढुवाका लागि प्रतिस्पर्धामा

 

प्रतिक्रिया