Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

प्रधानाध्यापक र लेखापाल विरुद्ध अख्तियारको मुद्धा

शुक्रबार, १५ फागुन २०७१

काठमाडौं १५ फागुन / विद्यालयको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र लेखापाल विरुद्ध मुद्धा दायर गरेको छ ।

राजापुर बर्दियामा रहेको अमर शहीद श्री दशरथचन्द उच्च माध्यमिक विद्यालयका प्रअ पर्वत सिंह गुरुङ् र लेखापाल नारायणप्रसाद रिमालले नगद मौज्दात हिनामिना गरेको अख्तियारको दावि छ । आर्थिक बर्ष २०६७ र ०६८ देखी आ.व. २०७० र ०७१ को अवधिमा विद्यालयको नगद मौज्दातमा रु २७ लाख १५  हजार ५ सय ४८ रुपैंया ९३ पैसा रहनु पर्नेमा उक्त रकम जम्मा भएको वा खर्च भएको विल भर्पाई लगायतको श्रेश्ता कागजात समेत नगराएको अख्तियारको दावी छ ।

उनीहरुले वदनियत साथ आफुहरुलाई फाईदा पुर्याई सरकारी अनुदानको रुपमा प्राप्त रकम हिनामिना गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको भन्दै अख्तियारले उक्त रकम विगो कायम गरि विशेष अदालतमा मुद्धा हालेको जनाएको छ ।

प्रतिक्रिया