Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

१७ गुना धेरै शिक्षक बढुवाका लागि प्रतिस्पर्धामा

शुक्रबार, १५ फागुन २०७१

भक्तपुर १५ फागुन / आवश्यकता भन्दा १७ गुना धेरै शिक्षकले आन्तरिक बढुवाका लागि प्रतिस्पर्धा गरेका छन् । प्रावि, निमावि र माविका प्रथम तथा द्धितीय तहको बढुवा प्रयोजनका लागि शुक्रबार भएको परीक्षामा उनीहरुले प्रतिस्पर्धा गरेका हुन् । तिनै तहमा प्रथम र द्धितीय गरी ३ सय ७७ पद सँख्याका लागि ६ हजार ४ सय ६२ जना प्रतिस्पर्धामा रहेको शिक्षक सेवा आयोगले जनाएको छ ।

जस अनुसार प्रावि प्रथममा आवश्यक ३२ जनाका लागि १ हजार २ सय २७ र द्धितीयमा आवश्यक १ सय ९३ जनाका लागि ३ हजार २ सय ६३ जना प्रतिस्पर्धामा छन् । यसैगरी निमावि प्रथममा आवश्यक ११ जनाका लागि १ सय ३१ जना र द्धितीयमा आवश्यक ६७ जनाका लागि १ हजार ५ सय ५७ जना प्रतिस्पर्धामा छन् ।

यस्तै मावि प्रथमका लागि आवश्यक ११ जना का लागि १ सय १६ जना द्धितीयका लागि आवश्यक ६३ जनाका लागि १ सय ६८ जना प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ ।

परीक्षाका लागि देशभरी गरेर २ सय ३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यसैविच, शिक्षक लाईसेन्सको परिक्षा भने शनिबार र आईतबार हुँदैछ । * शनिबार हुने माविको परीक्षामा २३ हजार ८ सय ४० र आईतबार हुने निमाविको परीक्षामा ९८ हजार ७ सय २४ जनाले फारम भरेका आयोगले जनाएको छ ।

परीक्षाका लागि देशभर माविको १ सय १६, निमाविका लागि ४ सय ८ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको सबै तयारी पुरा भएको आयोगका उपसचिव सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

* निमाविको शनिबार र माविको आईतबार परीक्षा हुनु पर्नेमा अन्यथा भएकोले सच्याईएको छ । स.
गल्ति औंल्याई दिनु भएकोमा पाठकलाई धन्यवाद !

प्रतिक्रिया