Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

तत्कालिन जिशिअ सहित ४ विरुद्ध मुद्धा

विहीबार, १४ फागुन २०७१

काठमाडौं १४ फागुन / धनुषाको गोलापुर ९ मा रहेको जनता राष्ट्रिय प्राविमा निकासा भएको रकम हिनामिना भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जिल्ला शिक्षा अधिकारी सहित ४ जना विरुद्ध मु्द्धा हालेको छ ।

आयोगले तत्कालिन जिल्ला शिक्षा अधिकारी सदानन्द झा र लेखापाल प्रहलाद भुजेललाई २ लाख रुपैंया बिगो मागदाबी गरेको छ । आयोगले विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा भौतिक निर्माण र विद्यार्थी संख्या गलत देखाएर भ्रष्टाचार गरेको आरोप सहित मुद्धा हालेको हो ।

अध्यक्ष योगेन्द्र साह र प्रधानाध्यापक जित कुमार साहलाई  १२ लाख ९९ हजार ३ सय ९७ रुपैयौ  बिगो कायम गरी मुद्धा हालिएको छ । उनीहरुले फर्जि कागज बनाई सरकारी अनुदानको रकम हिनामिना गरेको आयोगको आरोप छ ।

प्रतिक्रिया