Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

ऐलानी जग्गाको स्वामित्व विद्यालयलाई

विहीबार, १४ फागुन २०७१

रौतहट १४ फागुन / पतौरा गाबिसस्थित लक्ष्मीनिया प्राविलाई ३० लाख रुपैंया मुल्य बराबरको जग्गा हस्तान्तरण गरिएको छ । जिल्लाको बिभिन्न स्थानमा रहेको ऐलानी जग्गाको स्वामित्व विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

इसरी उपलब्ध भएको जग्गाको क्षेत्रफल दुइ बिगहा, ६ कठा, १९ धुर रहेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ठागा दाशले बताए ।
बिद्यालय सम्पती ब्यवस्थापन बिभाग सानोठिमीको सिफारीस र मन्त्री परिषद्को निर्णयका आधारमा उक्त जग्गा विद्यालयलाई उपलब्ध गराईएको हो ।

उक्त जग्गाको स्वामित्व सहितको कागजात बुधबार भएको कार्यक्रममा सभासद प्रभु साहले विद्यालयलाई हस्तान्त्रण गरे । उक्त विद्यालय एमाओबादी पोलिटब्युरो सदस्य एवं सभासद साहले आफनी आमा स्वर्गिय लक्ष्मीनिया देवीको स्मृतीमा सञ्चालित छ । 

प्रतिक्रिया