Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

७० जिल्लामा पुग्यो एसएलसी परीक्षाको प्रश्न पत्र

सोमबार, ११ फागुन २०७१

भक्तपुर ११ फागुन / परीक्षा नियन्त्रण कार्यालयले ७० जिल्लामा एसएलसी परीक्षाको प्रश्न पत्र पुर्याईसकेको जनाएको छ । काठमाण्डु उपत्यकाका ३ जिल्ला, रसुवा र नुवाकोट बाहेकका जिल्लाहरुका लागि आवश्यक प्रश्नपत्र पुर्याईसकेको नियन्त्रक बिष्णु बहादुर द्वारले जानकारी दिए ।

‘काठमाण्डु उपत्यकामा धेरै प्रश्नपत्र हुने भएकोले परीक्षा शुरु हुनु केही दिन अघि मात्रै पठाउँछौं’ उनले भने, ‘उत्तर पुस्तिका पनि माघको पहिलो हप्तामै पुर्याईसकिएको छ ।’

चैत ५ देखि सुरु हुने यस बर्षको एसएलसीका लागि साधारण तर्फ ५३ र प्राविधिक तर्फ ३० गरी ८३ विषयका प्रश्नपत्र तयार भएको छ । माघ १५ देखि जनक शिक्षा सामाग्री केन्द्रको प्रेसमा प्रश्नपत्र छपाई सुरु भएको थियो । छपाईको काम शनिबार सकिएको हो ।

परीक्षामा नियमित र आशिंक गरी ५ लाख ७२ हजार २ सय ७ जना विद्यार्थी सहभागि हुदैछन । नियमित तर्फ ४ लाख २७ हजार ८२ र एक्जाम्टेड तर्फ १ लाख ४५ हजार १ सय २५ विद्यार्थी सहभागि हुने कार्यालयले जनाएको छ ।

मनाङ्मा सबै भन्दा थोरै ७४ जना र सबै भन्दा धेरै काठमाण्डौंमा ३४ हजार ४ सय २१ विद्यार्थीले एसएलसी दिदैं छन् । यसमा प्राविधिक तर्फ करिब ३ हजार ५ सय विद्यार्थी छन् ।

यो पनि पढ्नुहोस्

५ लाख ७२ हजार २ सय ७ विद्यार्थी एसएलसी दिदैं

प्रतिक्रिया