Edukhabar
आइतबार, २८ असार २०८३
अन्तैवाट

दुई नक्कली इन्जिनियर पक्राउ !

शनिबार, १८ बैशाख २०७३

काठमाडौँ, १८ वैशाख । इन्जिनियरको नक्कली प्रमाणपत्र बनाई नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता गराई काम गर्ने दुई इन्जिनियरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ का २९ वर्षीय सन्देश घिमिरे र गोरखा खोप्लाङ गाविस–२ का २९ वर्षीय श्रीराम आचार्य छन् । 

ललितपुर उपमहानगरपालिका–१८ गाबहालस्थित कम्प्युटर डिजाइनर कार्यालयमा महाशाखाले यही वैशाख १४ गते छापा मारी नक्कली कागजात तयार पार्ने व्यक्ति तथा उक्त कागजातको प्रमाणित प्रतिलिपि प्रयोग गरी परिषद्मा दर्ता गराउने व्यक्ति एवम् केही नक्कली इन्जिनियरलाई पक्राउ गरेकामा थप अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । 

रासस 

 

प्रतिक्रिया