Edukhabar
आइतबार, ११ जेठ २०८२
अन्तैवाट

६ हजार विद्यालयमा ५० विद्यार्थी पनि छैनन्

मंगलबार, २८ बैशाख २०७३

काठमाडौँ, २८ बैशाख । मुलुकभरका ६ हजार ३२ विद्यालयमा ५० भन्दा कम विद्यार्थी छन्।  शिक्षा मन्त्रालयका उपसचिव डा. मुकुन्दमणि खनालका अनुसार १५ जनाभन्दा कम विद्यार्थी हुने सात सय एक र १६ देखि ५० विद्यार्थी हुने विद्यालयको संख्या पाँच हजार तीन सय ३१ छ।  

सयसम्म विद्यार्थी हुने विद्यालयको संख्या १२ हजार १०५ र दुई सयभन्दा कम हुने १८ हजार दुई सय १५ छ।  सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि सरकारले नजिकैको विद्यालयमा गाभ्ने रणनीति बनाएको छ। 

शिक्षा विभागका निर्देशक वैकुण्ठ अर्यालले विद्यार्थी संख्या घट्दै गएपछि विद्यालय मर्ज गर्ने नीति ल्याएको बताए। 

(नयाँ पत्रिका दैनिकमा प्रकाशित) 

प्रतिक्रिया