शिक्षकको भूमिका महत्वपूर्ण : सिटौला 


काठमाडौँ, ३१ वैशाख । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।  नेपाल शिक्षक सङ्घको ३०औँ स्थापना दिवसका अवसरमा बिहीबार बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिलाई बाटो भुलेको अवस्थामा शिक्षकले खबरदारी गरी सही मार्गमा ल्याउन सक्ने बताए ।

सो अवसरमा सङ्घका केन्द्रीय सदस्य तिलकसिंह पाण्डेलाई अभिनन्दन तथा दीर्घसेवा पदक सम्मानबाट अग्रज शिक्षक ईश्वरी, शिवाकोटी, मोहनप्रसाद ओली, जेभी शर्मालाई सम्मान गरिएको थियो ।

 उत्कृष्ट शिक्षिकाबाट शर्मिला अधिकारी, जस्ना कुण्डुलगायत र उत्कृष्ट शिक्षकमा प्रेम भण्डारी, तोयानाथ दाहाललगायतलाई सम्मान गरिएको थियो ।  यसैबीच सञ्चारकर्मी द्रोण अधिकारीलाई शिक्षा क्षेत्रमा कलम चलाएर उल्लेख्य योगदान पु¥याएबापत ‘गणेशबहादुर थापा स्मृति उत्कृष्ट शिक्षा पत्रकारिता सम्मान’ प्रदान गरियो । 

रासस