Edukhabar
आइतबार, २८ मंसिर २०८२
खबर/फिचर

प्राध्यापक विरुद्ध अख्तियारको मुद्धा, अढाई करोड सम्पत्तिको श्रोत खुलेन

सोमबार, २४ साउन २०७३

काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्तर्गत ईञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, ललितपुरमा कार्यरत प्रा.डा. भरतराज पहारी विरुद्ध गैह्र कानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । पहारीले सार्वजनिक सेवाको पदमा नियुक्त हुँदाका बखत पेश गरेको सम्पत्तिको विवरण तथा अनुसन्धान पछि भेटिएको विवरणमा मेल नखाएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेका हो ।

उनको दुई करोड ४० लाख एक हजार पाँच सय ९९ रुपैंया बरावरको सम्पत्ति गैर कानूनि भएको अख्तियारको दावी छ । सार्वजनिक सेवाको पदमा राष्ट्रसेवक कर्मचारी रहँदाको अवस्थामा पेश गरेको सम्पत्तिको विवरण, तथा अनुसन्धानको क्रममा गरेको बयान समेतबाट सम्पत्ति आर्जनको अबैधानिक स्रोत भएको बस्तुनिष्ठ आधार समेतबाट निजको आयको तुलनामा विद्यमान सम्पत्ति अमिल्दो र अनियमित पुष्टी भएको अख्तियारले दावी गरेको छ ।

अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी खर्च गरेको तथा श्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउ समेत गरेको खुल्न आएको हुँदा पहारीले साविक भ्रष्ट्राचार निवारण ऐन बमोजिम कसुर गरेको पुष्टि हुन आएको अख्तियारको दावी छ । अख्तियारले उक्त रकम बराबर विगो कायम गरी मुद्धा दायर गरेको छ ।

अख्तियारले पहारीकी श्रीमती शोभा पहारीका नाममा रहेको श्रोत नखुलेको चल अचल सम्पत्ति समेत जफत गर्न माग दाबी सहित विशेष अदालतमा मुद्धा हालेको छ ।

प्रकाशित मिति २०७३ साउन २४ गते

प्रतिक्रिया