Edukhabar
सोमबार, २६ जेठ २०८२
अन्तैवाट

विद्यालय पोसाक नलाउँदा पढ्नबाट वञ्चित मुस्लिम विद्यार्थी

बुधबार, २६ साउन २०७३

काठमाडौं २५ साउन /
सल्यानी बंगलास्थित गोल्डेन एबीसी माविको कक्षा ७ मा अध्ययनरत मैयसा अन्सारी, सना सहजादी र सानियाँ खानलाई सोमबार विद्यालय प्रवेश गर्न दिइएन । विद्यालयले तोकेको पोसाक नलगाएकै कसुरमा उनीहरूलाई विद्यालयमा प्रवेश नदिई घर फर्काइएको हो ।

गोल्डेन एबीसी मात्र होइन, बाँकेका केही संस्थागत विद्यालयले तोकिएको पोसाक नलगाएको भन्दै मुस्लिम बालिकालाई पढाइबाट वञ्चित गरेको गुनासो अभिभावकले गरेका छन् । सर्ट–पाइन्ट र फ्रक–कमिजको सट्टा विद्यालयले तोकेको रङको कुर्ता र सुरुवाल लगाए पनि आफ्ना बालिकालाई विद्यालयले प्रवेश नै नदिएको मुस्लिम समुदायका अभिभावकको भनाइ छ ।

‘विद्यालयले फ्रक–कमेज मात्र लगाउन पाउने भनेको छ । हाम्रो समुदायका बालिकाहरू यो कपडाको साटो कुर्ता सुरुवाल लगाएर जाँदा विद्यालयले आफ्नो प्रतिष्ठा खराब हुने भन्दै विद्यार्थीलाई नै कक्षा प्रवेशमा रोक लगाउनु कहाँको न्याय हो,’ मैयसाका बुबा हाजी मोहम्मद अनिश अन्सारीले भने । मुस्लिम समुदायले बालबालिका विद्यालय पठाउने क्रम बढे पनि विद्यालयले गुणस्तरीय शिक्षा दिनुको साटो पोसाकमा नै आफ्नो प्रतिष्ठा गएको देख्नु मुस्लिम समुदायप्रतिको हेयको भावना भएको उनको दाबी छ ।

कुर्ता–सुरुवालमा विद्यालय आएको भन्दै विद्यालयबाट घर फर्काइएका दुई मुस्लिम छात्रा । उनीहरूले लगाएका कुर्ता–सुरुवाल विद्यालयले तोकेकै रङका हुन् ।

उनले विद्यालय स्थापना गर्दा घरदैलोमा पुगेर विद्यालय प्रशासनले बालिका ठूलो भएपछि समुदायको मागअनुसारको पोसाक लागू गर्ने भनिए पनि अहिले लागू गर्ने बेलामा विभिन्न कारण देखाउँदै शिक्षा लिन पाउने अधिकारबाट वञ्चित गरेको आरोप लगाए ।

सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्याको ६० प्रतिशत विद्यार्थी मुस्लिम समुदायका रहेको भए पनि पटकपटक आफूहरूले विद्यालय प्रशासनलाई पोसाकबारे भन्दा पनि गुणस्तरीय शिक्षा दिन आग्रह गर्दा पनि आफूहरूको आग्रह लत्याइएको गुनासो गरे ।

गोल्डेन एबीसी माविका प्रबन्धक विकास ढकालले विद्यालय सञ्चालक समितिले तोकेको पोसाकबाहेक अन्य लगाउनेलाई विद्यालय प्रवेशमा रोक लगाउने गरेको स्विकारे ।

उनले भने, ‘हाम्रो विद्यालयमा पढ्ने हो भने विद्यालयले तोकेको पोसाक लगाउनुपर्छ । नलगाउने विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइनेछ ।’

उनले विद्यालयमा अध्ययन गर्ने मुस्लिम बालिकालाई कुर्ता–सुरुवाल लगाउन स्वीकृति दिए अन्य जाति र समुदायकाले पनि आ–आफ्नो जातीय पहिचानको पोसाक लगाउँदा विद्यालयको छवि बिग्रने भएकाले पोसाकमा कुनै फेरबदल नहुने तर्क गरे । उनले कक्षा ८, ९ र १० का बालिकालाई मात्र छुट गर्ने सहमति भएकोमा कक्षा ६ र ७ का बालिकाले पनि कुर्ता–सुरुवाल नै लगाएर आएपछि फर्र्र्काइएको बताए ।

बालबालिकालाई शिक्षासँगै अनुशासन र आफ्नो संस्कृति सिकाउनु अभिभावकको दायित्व पनि भएको मुस्लिम अगुवाको भनाइ छ । नेपालगन्जमा ठूलो संख्यामा मुस्लिम समुदायका बालिकाहरू विद्यालयको पोसाकका कारण पढाइ छोडेर घरमै बस्नुपरेको सञ्चारकर्मी तथा मुस्लिम अगुवा हाजी सकिल अहमद कादरी बताउँछन् ।

यसैबीच, जिल्ला शिक्षा कार्यालय बाँकेले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई मुस्लिम समुदायका बालिबालिकाले लगाउन मिल्ने गरी पोसाकको व्यवस्था गर्न निर्देशन दिएको छ ।

सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुुर थापाले हस्ताक्षर गरेको पत्रमा मदरसा स्लामियाँ संघ काठमाडांैले विद्यालयले तोकेको सर्ट मिडी लगाउन असहज भएकाले समुदायको मागअनुसार कुर्ता–सुरुवाल लगाउन पाउने व्यवस्था मिलाउन भनिएको छ ।

उनले भने, ‘हाम्रो विद्यालयमा पढ्ने हो भने विद्यालयले तोकेको पोसाक लगाउनुपर्छ । नलगाउने विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइनेछ ।’

उनले विद्यालयमा अध्ययन गर्ने मुस्लिम बालिकालाई कुर्ता–सुरुवाल लगाउन स्वीकृति दिए अन्य जाति र समुदायकाले पनि आ–आफ्नो जातीय पहिचानको पोसाक लगाउँदा विद्यालयको छवि बिग्रने भएकाले पोसाकमा कुनै फेरबदल नहुने तर्क गरे । उनले कक्षा ८, ९ र १० का बालिकालाई मात्र छुट गर्ने सहमति भएकोमा कक्षा ६ र ७ का बालिकाले पनि कुर्ता–सुरुवाल नै लगाएर आएपछि फर्र्र्काइएको बताए ।

बालबालिकालाई शिक्षासँगै अनुशासन र आफ्नो संस्कृति सिकाउनु अभिभावकको दायित्व पनि भएको मुस्लिम अगुवाको भनाइ छ । नेपालगन्जमा ठूलो संख्यामा मुस्लिम समुदायका बालिकाहरू विद्यालयको पोसाकका कारण पढाइ छोडेर घरमै बस्नुपरेको सञ्चारकर्मी तथा मुस्लिम अगुवा हाजी सकिल अहमद कादरी बताउँछन् ।

यसैबीच, जिल्ला शिक्षा कार्यालय बाँकेले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई मुस्लिम समुदायका बालिबालिकाले लगाउन मिल्ने गरी पोसाकको व्यवस्था गर्न निर्देशन दिएको छ ।सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुुर थापाले हस्ताक्षर गरेको पत्रमा मदरसा स्लामियाँ संघ काठमाडांैले विद्यालयले तोकेको सर्ट मिडी लगाउन असहज भएकाले समुदायको मागअनुसार कुर्ता–सुरुवाल लगाउन पाउने व्यवस्था मिलाउन भनिएको छ ।

रुद्र सुवेदीले राजधानीमा लेखेको खबर

प्रतिक्रिया