Edukhabar
मंगलबार, २७ जेठ २०८२
खबर/फिचर

आज शिक्षा दिवस, जिल्लादेखि मन्त्रालयसम्म कार्यक्रम

विहीबार, २३ भदौ २०७३

काठमाडौं– ३७औँ राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ दिवस मनाउन शिक्षा मन्त्रालयले शिक्षामन्त्री धनीराम पौडेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ । दिवसका अवसरमा बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्याभूषण क, ख र ग तथा नेपाल छात्रा विद्या पदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गर्ने कार्यक्रम छ ।

नेपाल विद्याभूषण पदक ‘क’ बाट १९० जना, नेपाल विद्याभूषण पदक ‘ख’ ८१, नेपाल विद्याभूषण पदक ‘ग’ १५, नेपाल छात्रा विद्या पदक ‘क’ २६ र नेपाल छात्रा विद्या पदक ‘ख’ बाट चारजना विभूषित हुनेछन् ।
दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालबाट उत्कृष्ट विद्यालय पुरस्कृत गर्ने कार्यक्रम छ । जिल्लास्तरमा पनि विभिन्न कार्यक्रम हुने मन्त्रालयले जनाएके छ ।

प्रकाशित मिति २०७३ भदौ २३

प्रतिक्रिया