Edukhabar
शनिबार, २७ बैशाख २०८२
अन्तैवाट

उत्कृष्ठ भन्नेलाई कारबाही

मंगलबार, ०८ असार २०७२

काठमाडौं ८ असार/एसएलसी परीक्षाफल प्रकाशित भएलगत्तै निजी उमाविमा उत्कृष्ठताको लहर चल्दै प्रचार प्रसार गर्न थालेपछि उच्च माध्यमिक शिक्षा परिषद्ले मनपरी उत्कृष्ठ घोषणा गर्ने कार्य रोक्ने भएको छ । 

उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले परिषद्को स्वीकृति विना कुनै पनि निकायले उत्कृष्ठ उमावि घोषणा गर्न नमिल्न स्पष्ट पार्दै त्यसलाई तत्काल रोक लगाइने बताए । 

केही उमाविले आर्थिक चलखेलको भरमा आफनो उमाविलाई उत्कृष्ठताको कोटीमा परेको प्रचार गर्दै धमाधम विद्यार्थी भर्ना गर्ने प्रवृति बढ्न थालेपछि परिषद्को ध्यानाकर्षण भएको जनाउदै स्वीकृति बेगर उत्कृष्ठ घोषणा गर्न रोक लगाउने भएको छ । 

आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले यो खबर लेखेका छन् । 

 

 

प्रतिक्रिया