Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

तिम्ल्याहा बने एकैपल्ट डाक्टर

शुक्रबार, ०४ असार २०७२

docकाठमाडौं ४ आसार / तिम्ल्याहा दाजुभाई एकैपल्ट डाक्टर बनेका छन् । चितवन मूलघर भइ काठमाडौंमा बसोबास गर्ने सौगात देवकोटा, सौजन देवकोटा र सौरज देवकोटाले केही दिनअघि मात्रै एमबिबिएस परीक्षा पूरा गरेका हुन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा २०४८ साल असोज ५ गते उनीहरुको जन्म भएको हो ।
जेठा सौगात जन्मेको ३ मिनेटपछि माइला सौजन र त्यसको ५ मिनेटपटि कान्छा सौरज जन्मेको उनीहरुकी आमा सकुन्तला देवकोटाले बताइन् । नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबिबिएस पूरा गरेका उनीहरुको सर्जन बन्ने लक्ष्य छ । सानोमा तीन दाजुभाईका फरक रुची भएपनि एसएलसीपछि एउटै विषय लिएर पढेका हुन् । उनीहरुमध्ये जेठा सौगात पाइलट, माइला सौजन एरोनोटिकल इञ्जिनीयर र कान्छा सौरज डाक्टर बन्न चाहन्थे  ।
केही वर्षअघि माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला रक्तश्राव भएर जीवन मरणको दोसाँधमा पुगेकी एक महिलालाई उनले उद्धार गरेको घटनाले तिनै जनालाई डाक्टर बन्न प्रेरित गरेको हो । उनीहरु भन्छन्, ‘हामीलाई केही गर्नकै लागि जन्माइएको हो, कर्णालीमा पुगेर सेवा दिन चाहन्छौं ।’ उनका बुबा शिवप्रसाद देवकोटाको पनि सोही चाहना छ । भन्छन्, ‘मैले पैसा रिटर्न गरुन् भनेर पढाएको होइन, सेवा गरुन् भन्ने चाहना छ । विदेश पलायन हुन दिन्नँ ।’ धेरै कुरामा समानता भएका उनीहरुको पढाइमा पनि खाशै अन्तर छैन  । तर, एसएलसीसम्म कान्छा, प्लस टू मा माइला र एमबिबिएसमा जेठा थोरै नम्बरले अगाडि छन् ।
स्वास्थ्य खबरबाट 

प्रतिक्रिया