Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

जेठ १ देखि स्कूल कसरी ?

मंगलबार, २९ बैशाख २०७२

काठमाडौं २९ वैशाख/ अधिकांश विद्यालयका प्रधानाध्यापकहरु विद्यालय खोल्न तयार छैनन । निजी विद्यालयका सञ्चालक अझै त्रासमा छन् । तैपनि सरकारले जेठ १ देखि विद्यालय सञ्चालन गर्न सबैलाई उर्दी जारी गरिरहको छ । शिक्षा मन्त्रालयलका सचिव विश्वप्रकाश पण्डितले सधै त्रासमा बस्नुभन्दा विद्यार्थीलाई सामान्यरुपमा ल्याउन विद्यालय खोल्नुपर्ने तर्क राख्दै आएका छन् । 

गत वैशाख १२ गते गएको भुकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरुको भौतिक सुधार गर्ने बिषयमा सरकारले त्यतिको चासो नदेखाएको अवस्थामा एक्कासी विद्यालय सञ्चालन गर्नु उचित नभएको अभिभावकको भनाई छ । अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले १ गतेदेखि नै पठनपाठन गराउने बिषयमा सरकारले बिशेष ध्यान दिनुपर्ने बताए । ‘पहिला विद्यार्थी र शिक्षकको मनोवैज्ञानिक उपचार गर्नुपर्छ त्यसपछि मात्रै विद्यालय सञ्चालन गर्नु उपयुक्त हुन्छ ।’ थप केही दिन रिलिफ गरेर मात्रै विद्यालय सञ्चालन गर्नु पर्ने प्याब्सनका महासचिव डिके ढुङगानाले बताए । 

शिक्षा मन्त्रालयले ६ बुदे निर्देशन जारी गर्दै जेठ १ देखि विद्यालयहरुले सोझै पाठ्यक्रम, पाठ्यपुस्तकमा प्रवेश गर्नुभन्दा पहिले विद्यार्थीमा डर, त्रास हटाउन र जीवन सामान्यीकरण गर्न पर्याप्त परामर्श, अतिक्ति क्रियाकलाप, खेलकुद, बालसंगीत तथा विभिन्न अन्तरक्रियात्मक क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिएको छ । विद्यालय खोलेर विद्यार्थी र शिक्षकको सुख दुःख साटासाट गर्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ । 

आजको समाचारपत्र दैनिकमा इश्वरराज ढकालले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया