Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

पाठ्यपुस्तकको कमिशन विद्यालयलाई

शुक्रबार, ११ बैशाख २०७२

काठमाडौं ११ बैशाख /निजी तथा आवाशीय विद्यालय अग्रनाइजेशन प्याब्सनले राजधानीको एक प्रकाशन गृहको सहयोगमा रुपन्देहीभवन बनाइरहेको छ । त्यसबापत प्याब्सन मातहतका विद्यालयहरुले रुपन्देहीमा त्यही प्रकाशनको गणित बिषयको पाठ्यपुस्तक लिइदिनु पर्ने सर्त छ । 

‘त्यो प्रकाशनले ६० लाख रुपैयाजति सहयोग गरेको छ,’प्याब्सन स्रोतले भन्यो,‘रुपन्देहीमा मात्र वर्षको डेढ करोडको गणितको किताब बिक्ने अनुमान छ ।’ 

बि एण्ड बी नामक वितरकले आफना पुस्तक विद्यालयहरुमा लगाउन प्रिन्सिपललाई ल्यापटप बाड्ने कार्यक्रम ल्यायो । साथमा १० प्रतिशत कमिशन छुट्यायो । उसको यो योजना करीब २० विद्यालयमा बिस्तार भइरहेको एक प्रकाशकले बताए । 

अभिभावकहरु महंगो किताब किन्छन । त्यसको ठूलो हिस्सा नानीहरु पढने स्कूल र त्यसको सञ्चालकको खल्तीमा जाने गरेको छ । त्यही भएर उनीहरुले फरक फरक प्रकाशनका पुस्तक मिलाएर सेट बनाउछन । र, स्कूलले तोकेकै पसलमा किन्नु पर्ने बाध्यता छ । 

विद्यालय सञ्चालक, पुस्तक बिक्रेता र बितरकहरुसंगको साताभरको सम्पर्कबाट प्राप्त तथ्याङक बिष्लेषण गर्दा पाठ्यपुस्तक बिक्रीको २५ देखि ४५ प्रतिशत विद्यालयमा जाने गरेको देखिन्छ । 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।   

 

प्रतिक्रिया