Edukhabar
विहीबार, ०६ बैशाख २०८१
अन्तैवाट

आयोग पास गरेका दुई शिक्षकले एउटै विद्यालय रोजेपछि...

शुक्रबार, ११ बैशाख २०७२

काठमाडौं, ११ बैशाख/ शिक्षक विवादले सुन्सरीको इटहरी २४ आपगाछीस्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालयको पढाई लथालिंग भएको छ । 

दुई शिक्षक बीच भएको शक्ति प्रदर्शनले उग्र रुप लिएपछि अहिले यो विद्यालय राजनीतिक शक्ति प्रदर्शन गर्ने अखडा बन्न पुगेको छ । जसको बिरोधस्वरुप बिहीबार स्थानीयबासीले नै विद्यालउमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् । 

शिक्षक सेवा आयोगबाट उर्तिण भएपछि गणित बिषयका शिक्षकद्वव शरणकुमार बस्नेत र बासुदेव कर्णले एउटै विद्यालय रोजेपछि विद्यालयमा विवाद भएको हो । कर्णको समर्थन गर्दै गत २६ चैतमा नेपाल विद्यार्थी संघले २ नम्बर क्षेत्रीय समितिले ताला लगाएका थिए । 

फेरी कर्णकै समर्थन गरेर बिहीबार स्थानीय अभिभावक र केही विद्यार्थी समेत पुनः विद्यालयको मुल गेटमै ताला लगाएका छन् । यसले भर्ना अभियानलाई समेत असर परेको छ । 

आजको राजधानी दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया