Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

कुमारित्व भंग हुने भन्दै छात्रालार्इ दौडन प्रतिबन्ध

विहीबार, १० बैशाख २०७२

काठमाडौं १० वैशाख (एजेन्सी)/अस्ट्रेलियाको एक इस्लामी कलेजले कुमारित्व भंग हुने आशंकमा आफ्ना छात्राहरुलार्इ दौड प्रतियोगितामा भाग लिन रोक लगाएको छ ।


घटना सार्वजनिक भएपछि त्यहाँस्थित प्रशासनले छानविन थालेको छ । घटना बाहिर आएपछि राज्य स्कुल नियामक भिक्टोरियन रजिस्ट्रेशन एन्ड क्वालिफिकेसन्स अथोरिटी (भिआरक्युए) ले यो घटनाको छानविन थालेको छ ।

अस्ट्रेलियाको ट्रुगानिना उपनगरीय इलाकामा रहेको अलतकवा कलेजका छात्रालार्इ कुमारित्व भंग हुने भन्दै कलेज प्रशासनले दौडमा भाग लिन रोक लगाएपछि त्यहाँको प्रशासन समेत चकित भएको छ ।

खबर अनुसार सो कलेजका एक पूर्वशिक्षकले यसै हप्ता त्यहाँका शिक्षामन्त्रीलार्इ पठाइएको पत्रमा छात्राहरुमाथि भएको विभेदबारे उल्लेख गरिएको थियो ।

ती शिक्षकले पठाएको पत्रमा कलेजमा प्राचार्यले यदि छात्राहरु धेरै दौडेमा उनीहरुको कुमारित्व भंगा हुने भन्दै दौडन रोक लगाएको उल्लेख छ ।

प्राचार्यले वैज्ञानिकका तथ्यलार्इ हवला दिँदै यदि छात्रालार्इ फुटब या अन्य खेल खेल्दा खुट्टामा चोट लाग्न पुग्यो भने उनी सन्तान जन्माउन नसक्ने भ्रम पालेर बसेको जनाइएको छ । प्राचार्यमाथि छात्राहरुलार्इ खेल प्रतियोगिताहरुमा भाग लिन रोकेको आरोप लगाइएको छ ।

- See more at: http://www.annapurnapost.com/News.aspx/story/10843#sthash.HCxmMiN7.dpuf

प्रतिक्रिया