Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

उत्तरपुस्तिकामा पास गराइदिन आग्रह

बुधबार, ०९ बैशाख २०७२

काठमाडौं ९ वैशाख / सर कृपया मलाई फेल नगराइ दिनुहोला, फेल भएँ भने भविष्य बिग्रन्छ । बिरामी भएका कारण पढ्न सकिनँ । कृपया, मेरो समस्यालाई बुझिदिएर मलाई पास गराइदिनुहोला ।’ एसएलसी परीक्षाको उत्तरपुस्तिकाहरुमा केही परीक्षार्थीले आफ्नो उत्तरपुस्तिकामा यस्तै अनुरोध लेखेको भेटिएपछि कपी परीक्षण गर्ने हेटौंडाका शिक्षकहरु असमन्जसमा पर्ने गरेका छन् ।

बिज्ञानको एक उत्तरपुस्तिकामा लेखिएको थियो– कृपया मलाई फेल नगराइदिनुस् । मेरो अरु सबै विषय राम्रो भएको छ, यही विषयमा अलि कमजोर भएँ । यसमा पास भएँ भने सबैमा पास हुन्छु ।
मकवानपुरमा उत्तरपुस्तिका आएका जिल्लाका परीक्षार्थीहरुले विशेष गरी अंग्रेजी, गणित तथा बिज्ञानका उत्तरपुस्तिकामा यस्ता हारगुहार लेखेको भेटिएको शिक्षक सुनिल सिटौलाले बताए ।

‘ती गुहारहरु पढ्दा रुनुु न हाँस्नु भयो,’ सिटौलाले भने– त्यस्ता अनुरोधले हाम्रो मनमा झस्का त पर्छ । तर, हामी लेखाई अनुसार नम्बर दिन्छौं । ती कुराहरुलाई वास्ता गर्दैनौं । उनले कतिपय उत्तरपुस्तिकाभित्र त पास गराइदिनुस् भन्दै पैसा राखिएको त कसैले धम्कीपूर्ण भाषा लेखिएको भेटिने गरेको बताए ।

उत्तरपुस्तिकामा हुने यस्ता सन्देशहरुले विद्यार्थीहरु मनोविज्ञान, उनीहरुको अप्ठेरो तथा अन्धकारमय भविष्य र जोखिमको संकेत गर्ने भन्दै यस्ता समस्या समाधानका लागि सबैले प्रभावकारी कदम चाल्नुपर्ने परीक्षक रामआशिष मण्डल बताउँछन् । आफूले परीक्षण गरेको एक उत्तरपुस्तिकामा विभिन्न गीत लेखिएको उनले बताए । उनले विद्यालयका शिक्षकहरुले यस बारेमा विद्यार्थीहरुलाई सचेत गराउनुपर्ने बताए ।

http://www.newsofnepal.com/new/nepal/2015/04/87803

प्रतिक्रिया