Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

भोजपुरी पाठ्यक्रम कार्यान्वयन भएन

सोमबार, ०७ बैशाख २०७२

काठमाडौं ७ बैशाख / मध्य तराईका बारा, पर्सा र रौतहटमा अझै भोजपुरी पाठ्यक्रम लागू गरिएको छैन । प्राथमिकदेखि माध्यमिकसम्म लागू गर्ने सरकारी नीति रहे पनि व्यवहारमा लागू भएको छैन ।

उक्त भाषाको पुस्तक शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रको ढिलासुस्तिले एक दशकदेखि अन्यौलमा छ शैशिक्षक जनशक्ति तालिम केन्द्रले प्रशिक्षकलाइृ तालिम दिएर शिक्षक तयार गर्न र जनक शिक्षा सामाग्री केन्द्रले किताब छाप्न लाखौं खर्च गरिसकेको छ । तर पाठ्यपुस्तक विद्याथसर््को हातमा आएको छैन । तालिम लिएका शिक्षकको पनि पत्तो छैन ।

लागू गरिएको बर्षौ वित्यो विद्यार्थीले पुस्तक हेर्न पाएका छैनन्, भोजपुरी एकेडेमीका भाषाविद् गोपाल ठाकुरले भने ।

२०६१ देखि सरकारले प्राथमिक तहमा मात्रृभाषाको भोजपुरी पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो । तर पाठ्यक्रम विकास केन्द्रले हालसम्म उपलब्ध गराएको छैन ।
कान्तिपुर दैनिकमा लक्ष्मी साहले लेखेका छन् ।

प्रतिक्रिया