Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

शिक्षामा ब्यापक बेथिति

आइतबार, ०६ बैशाख २०७२

काठमाडौं ६ वैशाख / गत आर्थिक बर्षमा काठमाडौं, जुम्ला, बारा, कैलाली दार्चुला, सहित ३९ जिल्ला शिक्षा कार्यालयले ती जिल्लामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले पाउनु पर्ने बास्तविक तलब भन्दा चारकरोड ५८ लाख ७८ हजार रुपैंया बढी निकासा दिए ।

सोही बर्ष नै कैलाली सिरहा बाग्लुङ् लगायत २२ जिल्ला शिक्षा कार्यालयले सेवानिवृत्त शिक्षकका नाममा ५४ लाख ८३ हजार रुपै.या निकासा गरे । ती जिल्लामा १ सय १८ विद्यालय मार्फत् अबकास लिएका शिक्षकका नाममा रकम निकासा भएको हो । यी शिक्षा क्षेत्रमा भएका अनियमितताका प्रतिनिधिमूलक घटना हुन् ।

महालेखा परीक्षकको परीक्षणले शिक्षामा ब्यापक अनियमितता फेला पारेको हो ।
नक्कली विद्यार्थीका नाममा तीन करोड, झोले स्कुलका नाममा २० लाख निकासा भएको अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले खबर लेखेका छन् ।

प्रतिक्रिया