Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
अन्तैवाट

शिक्षाको अर्बौ लगानी खेर

आइतबार, ०६ बैशाख २०७२

काठमाडौं ६ बैशाख / राज्यले हरेक बर्ष सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि अर्बौ लगानी गरिरहेको छ । तर नतिजा भने बर्षेनी लज्जास्पद गतीमा खस्किरहेको छ । सरकारी लगानी खेर गएकै कारण विद्यालय अभिभावकको प्राथमिकतामा नपर्ने मात्र हैन पढिरहेकाले विद्यालय छाड्ने क्रम समेत हरेक बर्ष बढिरहेको छ । विद्यार्थी अभावकै कारण शहर र गाउँका समेत विद्यालय बन्दे हुने या मर्ज हुने क्रममा छन् ।
यस्तो किन हुन्छ ?

'अनुगमन र चुस्त ब्यवस्थापन अभावले' शिक्षा मन्त्रालयका प्रवक्तम हरी लम्साल भन्छन् 'हाम्रै कमजोरीले यस्तो भईरहेको छ ।'

सरकारले शैक्षिक बर्ष २०७१ म मात्रै शिक्षामा ८७ अर्ब रुपैंया लगानी गरेको थियो । शिक्षा बजेटको महत्वपूर्ण हिस्सा शिक्षक कर्मचारीको सेवा सुविधा र भौतिक सेवा विस्तारमा सिध्याउने गरे पनि शैक्षिकगुणस्तर भने दिन दिनै खस्कदों छ ।

यहि कारण अभिभावकले विकल्प पाए सम्म सरकारी विद्यालयमा छोराछोरी पढाउनै नखोज्ने अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् ।

शिक्षाविद् महेन्द्र सिंह सरकारी विद्यालयका शिक्षकमा उत्तरदायित्वको कमीृले सरकारी शिक्षा खस्कदै गएको बताउँछन् ।
नागरिक दैनिकमा रुबी रौनियारले खबर लेखेकी छन् । 

प्रतिक्रिया