Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
अन्तैवाट

पैशाको विवादमा विद्यालयभित्रै झडप, प्रअसहित तीन घाइते

आइतबार, ०६ बैशाख २०७२

नुवाकोट : नुवाकोटको मदानपुर गाविसको शक्ति उच्च माविमा आर्थिक अनियमिता भएको विवादलाई लिएर शनिबार विद्यालयभित्रै झडप भएको छ ।
 
झडपमा प्रअसहित तीन जना घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। विद्यालयको लेखा परीक्षण भइरहेको समयमा उत्पन्न विवादमा विद्यालयका प्रधानाध्यापक हिराराम पाण्डेसहित विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नवराज पाण्डे, शक्ति उच्च मावि बचाउ सरोकार समितिका अध्यक्ष माधव पाण्डे घाइते भएका हुन्। विद्यालयका प्रधानाध्यापक हिराराम पाण्डेलाई उपचारको लागि काठमाडौं लगिएको छ ।
 
मदानपुर गाविस वडा नं. ६ मा भएको घटनामा  संलग्न भएको आरोपमा प्रहरीले प्रहरीले दुई जनालाई पक्राउ  गरेको छ । विद्यालयका प्रधानाध्यापक हिराराम पाण्डेले विद्यालयमा आर्थिक अनियमिता गरेको र नियमित रुपमा अध्यापन नगराइ काठमाडौंमा बसेको भन्दै  स्थानीय अभिभावक लामो समयदेखि उनीसँग आक्रोशित हुँदै आएका थिए ।
 
विद्यालयको आर्थिकलगायत विविध अनियमिताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित जिल्ला शिक्षा कार्यालय नुवाकोटमा उजुरी परेपछि छानविन भइरहेको थियो ।  नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले एक विज्ञप्ती प्रकाशित गरी विद्यालय जस्तो संवेदनशील क्षेत्रमा भएको आक्रमणको विरोध गर्दै निष्पक्ष छानविनको माग गरेको छन्।
 
त्यसैगरी नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खविडाले पनि विज्ञप्ति जारी गरी विद्यालयमा लामो समयदेखि आर्थिक अनियमितालगायत विविध विषयमा भएको विवादको स्वतन्त्र  छानविन हुनुपर्ने बताएका छन् । उनले विद्यालयको अडिट व्यक्तिको घरमा भएको विषय गम्भीर भएको बताएका छन् ।

http://annapurnapost.com/News.aspx/story/10591

प्रतिक्रिया