Edukhabar
विहीबार, २९ जेठ २०८२
खबर/फिचर

उपत्यकाका विद्यालय अघिल्तिर शंकास्पद बस्तु, बम डिस्पोजल टोली घटनास्थलमा

मंगलबार, ०४ असोज २०७३

काठमाडौं - उपत्यकाका विभिन्न क्षेत्रका निजी विद्यालय अघिल्तिर मंगलबार एका विहानै शंकास्पद बस्तु देखिएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौंको जोरपाटि, बौद्ध, ललितपुरको सानेपा क्षेत्रका विद्यालयका अघिल्तिर शंकास्पद बस्तु राखिएका छन् ।

जोरपटीका आधा दर्जन धेरै विद्यालयमध्ये माकलबारीको बाल सरोकार एकेडेमी अघिल्तिर राखिएको पे्रसर कुकर बम सुरक्षाकर्मीको  डिस्पोजल टोलीले निस्कृय पारेको छ ।

घटनास्थलबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङयोग कम्युनिष्ट नेपालको पर्चा फेला परेको बौद्ध प्रहरीले जनाएको छ ।

यस्तै नारायणटारको राई स्कुल, ईष्टपुल स्कुल, एभरेष्ट स्कुल, माउण्ट यूराल टिचिङ् एकेडेमी, दक्षिण ढोकाको आकाशदीप, मनकामना स्कुल अघिल्तिर रहेको शंकास्पद बस्तुपनि बम भएको आशँकामा बम डिस्पोजल टोली परिचालन गरिएको बौद्ध प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक विपीन रेग्मीले बताए ।

ललितपुर सानेपाको रेडियण्ट रिडर्स एकेडेमी अघिल्तिर पनि शंकास्पद बस्तु फेलापरेको स्थानीयले जनाएका छन् ।

अपडेट :

रेडियण्ट रिडर्स एकेडेमी अघिल्तिरको शंकास्पद बस्तु बम नै भएको पुष्टि भको छ डिस्पोजल टोलीले निस्कृय पारेको विद्यालयका प्रिन्सीपल डीके ढुंगानाले जानकारी दिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका महासचिव समेत रहेका ढुगांनाले के उक्त मक संगै सोही समूहको पर्चा फेला परेको बताए ।

उक्त समूहका माग के हुन् भन्ने कुनै औपचारिक जानकारी प्याब्सनसंग नभएको उनको भनाई छ ।

यस अघि निजी विद्यालयका सञ्चालक समेत रहेका सांसद उमेश श्रेष्ठको विद्यालय आईडियल मोडेलको गाडिमा आगजानी हुँदा पनि यहि समूहको पर्चा फेला परेको थियो ।

फाईल तस्विर

प्रतिक्रिया