Edukhabar
विहीबार, ०६ असार २०८१
अभिभावक / विद्यार्थी

अभिभावक शिक्षाको अभाव हुँदाको परिणाम....

आइतबार, २३ असोज २०७३

शिक्षित, व्यक्ति, परिवार, समुदायबाट मात्र राष्ट्रिय विकासको सपना साकार हुन्छ । शिक्षित नागरिक नै विकासको पहिलो आधार हो । विकास अभियानमा लागिपरेको मुलुकले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् । गुणात्मक र स्तरीय एवम् प्रतिस्पर्धात्मक शिक्षा आजको आवश्यकता हो । विकसित मुलुकको पहिलो पहिचान नै शैक्षिक स्तरीयता हो जुन वर्तमान विश्वमा सजिलै अनुभूति गर्न सकिन्छ । विकास सबैको इच्छा हो । अनि माग हो । विकास र शिक्षा एकअर्काका परिपूरक हुन् । शिक्षाविनाको विकास कल्पना सम्म पनि गर्न सकिन्न । विकसित मुलुकको प्रगतिको रहस्य नै त्यहा“को शतप्रतिशत शिक्षित नागरिक नै हुन् । हाम्रो जस्तो विकासोन्मुख मुलुकको समस्या नै शिक्षा हो । शिक्षाप्रतिको दृष्टिकोण हो, योजना र कार्यान्वयन पक्ष अर्को महत्वपूर्ण सवाल हो । हामी साक्षर र निरक्षरको आ“कडामा अल्झिरहेका छौं । तथ्याङ्क नाम मात्रका छन् । साठी प्रतिशतभन्दा माथि साक्षरताको आ“कडा देखाइएको छ । शिक्षितको तथ्याङ्क थप कहालिलाग्दो हुनसक्छ । सिंगो मुलुकमा दश प्रतिशत नागरिक मुस्किलले शिक्षित हुनुपर्छ । प्राप्त गरेको शिक्षा र सीपले विकासको गतिमा अग्रणी भूमिका निर्वाह गर्दछ । कुनैपनि देशका सबै नागरिक शिक्षित भएको अवस्थामा नागरिक शिक्षा अर्थात् अभिभावक शिक्षा कार्यक्रमले खासै महत्व राख्दैन तर नेपाल जस्तो मुलुक जहँ“ शिक्षाको अवस्था दयनीय रहेको छ । यस्ता राष्ट्रमा अभिभावक शिक्षालाई शिक्षाको मूलप्रवाहमा समेट्नुपर्छ । अभिभावक र शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाएर मात्र विद्यालय शिक्षाको विद्यमान अवस्थामा परिवर्तन गर्न सकिन्छ ।

अभिभावक शिक्षा के हो ?
शिक्षा नै त्यस्तो तत्व हो, जसले मानिसलाई व्यवहारिक रुपमा जनावर भन्दा पृथक बनाउ“छ । आमा शिक्षित भए परिवार र बाबु शिक्षित भए उ एकमात्र शिक्षित हुने भनाई हाम्रो समुदायमा यथार्थ पुष्ट्याई“ हु“दै आएको छ । अभिभभावक शिक्षा र नागरिक शिक्षालाई एकअर्काको परिपूरकको रुपमा लिन सकिन्छ । आखिर शिक्षा के हो ? शिक्षाबाट के के प्राप्त हुन्छ ? हामीले किन शिक्षा हासिल गर्नुपर्ने ? यस्ता प्रश्नहरुको जवाफ हामीले खोज्नुपर्छ । शिक्षाले परिवर्तन गर्नुपर्छ । मानवीय जीवनशैलीमा परिवर्तन नआएसम्म शिक्षाको अर्थ रह“दैन । शिक्षित हुनुको अर्थ सक्कली, नक्कली छाप लागेका, सही भएका र केही बिषयको नाम तथा अंक समावेश भएको प्रमाणपत्र बोक्नुमात्र होइन । ब्यक्तिले सीप र ज्ञान हासिल गर्नैपर्छ । सीप र ज्ञान विना शिक्षाको कुनै अर्थ हु“दैन र जीवनमा परिवर्तन आउ“दैन पनि । मानवीय जीवनशैली, व्यक्तिगत व्यवहार, पारिश्रमिक भूमिका तथा राष्ट्र एवम् मातृभूमीप्रतिको कर्तव्य बोध हुनु र सोअनुसारको आचरणको लागि शिक्षा जरुरी पर्ने हो । चरित्रबाट र असल नागरिकबाट मात्र एउटा शिष्ट मर्यादित तथा अनुशासित परिवार निर्माण हुन्छ । त्यस्तै स्तरीय समाज निर्माणमा पनि सामाजिक व्यवहारको भूमिका अग्रणी रहन्छ । यस पृष्ठभूमिमा तलका सवालहरुमा आफूलाई परीक्षार्थी बनाउन सकिन्छ ।
१) मैले बोलेका प्रत्येक शब्दहरु शिष्ट र मर्यादिन छन् त ?
२) आफ्ना केटाकेटीप्रतिको जिम्मेवारी निर्वाहमा मेरो भूमिका के छ ?
३) म ज्ञान र सीप हासिल गर्न कत्ति समर्पित बनेको छु ?
४) हासिल गरेको ज्ञान र सीप व्यवहारमा कति प्रयोग भएकोे छ ?
५) जीवनलाई नितान्त औपचारिक भन्दा बाहिर लगेर सोच्ने, संसारलाई हेर्ने, बुझ्ने, ग्रहण गर्ने र बदल्ने कार्यमा आङ्खनो स्थान कहा“ छ ?
६) परिवार र छिमेकी अनि सिंगो समुदायमा मेरो स्थान कहा“ र कति छ ?
७) आफ्नै परिवारका सदस्यको मूल्याङ्कन कस्तो रहेको छ ?
८)  समुदायमा आफूले काम गर्ने स्थानका संगी, मित्रहरुको दृष्टिमा म कहा“ कसरी बा“चेको छु ।
९) मैले बोलेको खाएको, हिंडेको, गरेको कामहरु सबै ठीक छन्, छैनन् ? आफैंले फर्केर सोचेको र मूल्याङ्कन गरेको छ त ?
१०) सामाजिक कार्यमा आफ्नो लगानी र भूमिका बारे कहिल्यै बिचार गरेको छ ?
११) यो मुलुकको अग्रगतिको लागि एक नागरिकको हैसियतले कस्तो भूमिका खेलेको छु ?
१२) नगर्नुपर्ने र खराब क्रियाकलाप देखेर पनि सच्याउने मामिलामा कहिल्यै लागेको छु वा छैन ?
१३) परिवारदेखि समुदायहु“दै तमाम सामाजिक संघसंस्थाहरुमा भैरहेको गतिविधिमा आफू सक्रिय वा निष्क्रिय के छु ?
१४) मैले आफ्नो जीवनस्तर विकासको लागि केकस्ता उपाय, योजना निर्माण र कार्यान्वयन गरें ?
१५) विगका दिन, महिना र बर्षहरुसंग वर्तमानको तुलना गर्दै आफूले गरेका र भएका राम्रा नराम्रो पक्षहरु बारेको मूल्याङ्कन गर्ने गरेको छ वा छैन ?
१६) एउटा मान्छेको सोच र व्यवहार कस्तो हुनुपर्ने हो सो मैले अवलम्वन गरिरहेको छु वा छैन ?
१७) मबाट बोल्न नहुने कुरा कति बोलिएका छन् ? खान नहुने कुरा कत्ति खाएको छु ? गर्नै नहुने काम के के गरेको छु ? यस्ता प्रश्नको जवाफ स्मरण गर्दै आफूलाई परिवर्तनको बारेमा ठम्याउन आत्मालोचना सहितको प्रस्तुति भएको छ वा छैन ?
१८) आफू र आफूले भ्याएसम्म विकृतिजन्य तमाम संस्कार विरुद्धको अभियानको लाइनमा कहा“ उभिएको छु ?
निश्चय नै माथि उल्लेखित सवालका जवाफहरुको लागि पर्याप्त ज्ञान र सीपसहितको शिक्षालाई अभिभावक शिक्षा भनिन्छ । यस शिक्षाले पछिल्लो सन्तति अर्को पिढीलाई सहजै विकासको पथमा हिंडाउन र सभ्य एवम् अर्थपूर्ण नागरिक तयार गर्न सकिन्छ । सरल अर्थमा एउटा व्यक्तिलाई ठीक र बेठिक छुट्याउन सक्ने क्षमताको उजागर हुन अभिभावक शिक्षा हो । कम्तिमा यो तहको कुन कार्य ठीक कुन बेठिक र मैले ठिक रोज्नुपर्छ र असलहरुको अनुशरण गर्नुपर्छ । ठूलो मान्छे होइन असल मान्छे बन्नुलाई जीवनको ध्येय बनाउनुपर्छ । चरित्रवान् राष्ट्रप्रेमी सवालमा नागरिक नै मुलुकका सबैभन्दा मूल्यावान् सम्पत्ति हुन् ।

अभिभावक शिक्षा किन ?
सामान्यतया अभिभावक भन्ने बित्तिक्कै विद्यालय पढ्न जाने विद्यार्थीहरुका आमा,बुवालगायत अन्य नातेदार जसले सम्बन्धित छात्रछात्राको अभिभावकत्व निर्वाह गरिरहेका व्यक्ति भन्ने बुझाईलाई थप व्यापकता र गहिराईमा बुझ्नसमेत आवश्यक छ । समुदायका प्रत्येक व्यक्ति, नागरिक नै अभिभावक हुन् जसको छोराछोरी, भाइ, बहिनीलगायत कोही न कोही विद्यालयमा पढ्न गएको हुन्छ नै । त्यसैले सम्पूर्ण नागरिकलाई अभिभावक भन्न सकिन्छ ।
अभिभावक शिक्षा के हो भन्ने पृष्ठभूमिसहित उल्लेख गरिएका माथिका भनाइले अभिभावक शिक्षाको आवश्यकताबारे लगभग प्रष्ट गरेको छ । अभिभावक शिक्षाको आवश्यकता बारे लगभग प्रष्ट गरेको छ । यसप्रकारको शिक्षा प्रदान नगर्ने हो भने अझै आउने पिढीसम्म पनि यसै कामको लागि धेरै समय धेरै जनाले खर्च गर्नुपर्ने हुन्छ । बुँदागत रुपमा अभिभावक शिक्षाको आवश्यकतालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।
१) व्यक्तिगत जीवनमा सकारात्मक रुपान्तरण र जीवनशैलीमा स्तरीयता कायम गर्न ।
२) आफूलाई आवश्यक ज्ञान र सीपले क्षमतायुक्त बनाउ“दै आएमा विश्वास बढाउन ।
३) पारिवारिक एवम् सामाजिक जीवनलाई सहज, सरल र समयानुकूल बनाउ“दै जिम्मेवारी बहन गर्न ।
४) आफूभन्दा कम उमेरका व्यक्तिको लागि अनुकरणीय एवम् उदाहरणीय व्यक्तिको रुपमा प्रस्तुत गर्ने ।
५) सीमित स्रोत र साधनबाट अधिकतम उपयोगको ज्ञान र सीप हासिल गर्न ।
६) रोजगारका अवसरको उपयोगसहित आफूलाई व्यस्त जीवनमा बदल्न ।
७) सामाजिक विकृति, कुसंस्कार एवम् गलत क्रियाकलापको अन्त्यको लागि आफ्नो भूमिकालाई अग्रणी स्थानमा राख्न ।
८) समसामयिक घटना र क्रियाकलापबारे जानकार रहन ।
९) आफूले बोल्ने, खाने, गर्ने तमाम क्रियाकलापको मूल्याङ्कन क्षमताको विकास गर्न ।
१०) ठीक र बेठिक कुरा र कामको भिन्नता, सहजै छुट्याउन ।
११) व्यक्तिगत, पारिवारिक र समुदाय हु“दै सिंगो मुलुकको विकास अभियानमा उल्लेख्य योगदान गर्न ।
१२) आफ्नो समुदायका विद्यालय, मन्दिर, अस्पताल, बाटो, पानी पार्कजस्ता सामाजिक संस्थाहरुको विकासमा भएका र गर्नुपर्ने कामको जानकारी सहित आफूलाई यस्ता ठाउ“को प्रगतिको लागि जिम्मेवार बनाउने ।
१३) आफ्ना बालबालिकालाई भोलिका प्रतिस्पर्धात्मक बैज्ञानिक जगतमा सोअनुकुलताको क्षमता र विस्तारको लागि अभिप्रेरित गर्ने ।
१४) समसामयिक विज्ञान र कलाको प्रत्यक्ष अनूभूति गर्ने ।

अभिभावक शिक्षा कसरी ?
जब हामीले अर्थात् शिक्षा सरोकारवर्गले अभिभावक शिक्षालाई आत्मसात गरी यसको आवश्यकता र महत्व बुझिसकेपछि यो शिक्षा कसरी प्रदान गर्ने, कस्तो पाठ्यक्रम तयार गर्ने, जस्ता प्रश्नहरु स्वभाविक रुपमा उब्जन सक्छन् । अभिभावक शिक्षा प्रदान गर्ने विधि, समय र स्थान परिवेशमा निर्भर गर्दछ । सबै समयमा सबै स्थानमा र भिन्न वातावरणमा यही विधि हुनैपर्छ भन्ने होइन । मुख्यतः अभिभावक, शिक्षा प्रदानमा समावेश सामग्री तथा विषयबस्तुबारेको प्रयोग एउटा पक्ष हो । वालवालिकाहरु विद्यालय गएजस्तै अभिभावकलाई स्कुलमा दैनिक कक्षा लिन वा दिन सम्भव छैन । तसर्थ अभिभावक शिक्षा प्रदान कसरी भन्ने सवाललाई मुख्यतः निम्न चरणमा प्रस्तुत गर्न सकिन्छ ।

पहिलो चरण :– पाठ्यक्रम निर्माणः
यस अन्तर्गत एकै पाठ्यक्रमले सबै स्थानमा, सबै अभिभावकलाई भिन्न परिवेशमा समेट्न सकिन्न तसर्थ निम्न, मध्यम र उत्तम गरी ३ प्रकारका पाठ्यक्रमको निर्माण हुनुपर्छ । जसलाई अभिभावकको स्तर, रुचि, स्थान, संस्कृति अनुरुप नै समेट्न सहज बन्दछ । अभिभावक शिक्षाको पाठ्यक्रम समावेश गर्नैपर्ने विषयबस्तुलाई ज्ञान र सीपमुलक गरी २ भागमा विभाजन गर्नुपर्छ । ज्ञान तथा जिम्मेवारी व्यक्तिदेखि परिवार हु“दै समाज र राष्ट्र अनि अन्तर्राष्ट्रिय तहको पहिचानलाई समेट्ने हुनुपर्छ । अर्कोतर्फ सीपमुलक अन्तर्गत व्यवसायिक एवम् प्राविधिक सीप सिकाउने जुन कृषि, पशुपालन, उद्योगधन्दा, व्यवसायमुलक हु“दै प्राकृतिक स्रोत र साधनको उपयोग, विकास, खोज अनुसन्धानसमेत समेट्न सकिन्छ । यो चरणको पाठ्यक्रम निर्माण र समेट्नुपर्ने विषयबस्तुले नै एउटा पुस्तकको आकार लिन सक्छ । यहा“ संक्षिप्तमा अभिभावक शिक्षाको सम्बन्धमा विषय उठान र यसको परिवेश उजागर मात्र गर्न खोजिएको हो ।

दोस्रो चरण:– पाठ्यसामग्रीको उत्पादनः
पाठ्यक्रममा आधारित पाठ्यसामग्रीको उत्पादनलाई दोस्रो चरणमा राख्न सकिन्छ । वैज्ञानिक र सहज पाठ्यसामग्री सहित प्रयोगात्मक बस्तु एवम् सामग्रीको उत्पादन र वितरणबारे ध्यान पु¥याउनुपर्ने हुन्छ । जुन तोकिएको तहगत पाठ्यक्रम र यसको राष्ट्रिय उद्देश्यसंग मेल खानेगरी तयार गर्नुपर्छ ।

तेस्रो चरणः कार्यान्वयन पक्ष ः–
यस चरणमा अभिभावकलाई शिक्षा प्रदान गर्ने कार्यन्वयन पक्षको प्रवेश गराउनुपर्छ । यसोगर्दा अभिभावकलाई उनीहरुको आवश्यकता, माग, रुचीस्तर तथा उपयुक्तताको आधारमा पाठ्यसामग्री एवम् प्रयोगात्मक सामग्री वितरण गर्नुपर्छ र साप्ताहिक रुपमा कम्तीमा आधा घन्टा सम्पर्क कक्षा संचालन गर्नु पर्छ । यस प्रकारको कक्षा संचालनको व्यवस्थापनको लागि जिल्ला शिक्षा कार्यालयमा अलग डेस्कको व्यवस्था गरी सोअन्तर्गत योग्य, दक्ष, चरित्रवान क्षमतावान अनुकरणीय शिक्षक, प्राविधिकको छनौट गर्नुपर्छ । केन्द्रीय तहदेखि नै अलग बजेट व्यवस्थासहित कार्यक्रम प्रभावकारी ढंगले चलाउनुपर्छ । शिक्षकलाई तालिम बोझ बनिसकेको हालको अवस्थामा उक्त जनशक्ति र बजेट यस शिर्षकमा लगानी गर्ने हो भने प्रभावकारी बन्न सक्छ । प्रत्येक साप्ताहिक सम्पर्क कक्षाबाट आउने साताको लागि काम लिने र प्राप्त समस्या तथा कठिनाई उक्त कक्षामा हल गर्ने परम्परा हुनुपर्छ । सम्पर्क कक्षा प्रयोगात्मक, भ्रमणात्मक, विविध खाले बन्न सक्छ । यो चरणलाई प्रभावकारी बनाउ“दै ला“दा तहगतरुपमा स्तरबृद्धिका ज्ञान र सीप समेत अभ्यास गर्नु गराउनु पर्दछ ।
 
चौथो चरण:– अनुगमन र मूल्याङ्ककनः
यो चरणमा कार्यक्रमको प्रभावकारीता बृद्धिको लागि कार्यक्रम स्थल अर्थात् सम्पर्क कक्षाको अनुगमन गरिनुपर्छ । आवधिक मूल्याङ्कन तोकिनुपर्छ । यसको लागि शिक्षा कार्यालयको अभिभावक डेस्क क्रियाशील बन्नुपर्छ । मूल्याङ्कनबाट अगाडिको चरण र सीप प्रदान गर्दै जानुपर्छ । यसप्रकारको शिक्षा कम्तीमा ५ बर्ष हुनुपर्छ । परीक्षा लिनेदिने र प्रोत्साहनको प्रमाणपत्र सोको उपयोग तथा प्रयोग बारे किटानी गरिनुपर्छ । शिक्षा ऐन नियममै अभिभावक शिक्षालाई समावेश गरी यसका विचलन प्रक्रियाबारे थप विधि निर्माण गर्न सकिन्छ । यो शिक्षा प्राप्त व्यक्तिले यी यी स्थानमा जानसक्ने अन्यथा नमिल्ने जस्ता नीति पनि उल्लेख गर्नुपर्छ ।
अन्तमा, यस लेखमा उल्लेख गरिएको अभिभावक शिक्षाको आवश्यकता र यसले पार्न सक्ने सामाजिक प्रभाव र कसरी जा“दा उपयुक्त हुन्छ भन्ने सम्बन्धमा व्यक्त गरिएका धारणाहरुलाई प्रयोगबाट आवश्यकताअनुरुप स्थान, समय र अभिभावकका विभिन्न तहअनुसार परिमार्जन गर्दै जान सकिन्छ । जसले गर्दा अभिभावक शिक्षालाई नागरिक शिक्षाको महत्वपूर्ण अंगको रुपमा बुझ्ने प्रयत्न बन्न सक्दछ । एउटा अभिभावक चेतनशील र शिक्षित बन्ने हो भने मात्र उसका सन्तानहरु सहीमार्गमा सही शिक्षा प्राप्त गरी कुशल नागरिक बन्न सक्तछन् । अन्यथा बालबालिकाहरुलाई सबैभन्दा बढी समय झण्डै १८ घन्टा आफ्नो दृष्टिमा पहु“चमा राख्ने अभिभावक स्वयम् गैरजिम्मेवार तथा शिक्षाबाट टाढा रहने अवस्था भएसम्म ती बालबालिकाको आचरण, चरित्र, कामप्रतिको लगावमा सुधार हुन सक्तैन । त्यसैले पनि एउटा अभिभावक अनिवार्य शिक्षित हुनुपर्छ, सन्ततीप्रति जिम्मेवार बन्नैपर्छ । तबमात्र सुन्दर समाजको निर्माण हुनसक्तछ । हामीहरुमा भु“इमा छरिएको देख्ने तर आफ्नो पोल्टामा भएको बस्तुको संरक्षण गर्न नसक्दा र छरिएको भु“इको टिप्न खोज्दा पोल्टामा भएको सबै पोखिएको अवस्था शिक्षामा अनुभव गरिरहेको स्थिति छ ।

लेखक  बंशगोपालउमावि,चौघडा,हेटौडा–६, मकवानपुरका प्राचार्य हुन् ।
 

 

प्रतिक्रिया