Edukhabar
शुक्रबार, ०६ चैत्र २०८२
खबर/फिचर

विद्यार्थी धेरै, शिक्षक दरबन्दी कम

सोमबार, ०८ कार्तिक २०७३

कपिलवस्तु - विद्यार्थी ३ जना शिक्षक ८ जना ! विद्यार्थी भन्दा शिक्षक धेरै !

सामुदायिक विद्यालयका बारेमा हिजो आज सार्वजनिक हुने खबरका केही शिर्षक हुन् यी । विद्यार्थी संख्या न्युन भएको भन्दै देशका विभिन्न जिल्लामा सामुदायिक विद्यालय गाभिएका बेला (मर्ज) कपिलवस्तुका अधिकांश विद्यालयको अवस्था भने उल्टो छ । अर्थात् माथि उल्लेखित समाचार सबै जिल्लाका हकमा लागू नहुने उदाहरण हो कपिलबस्तु जिल्ला ।

यहाँका अधिकाँश विद्यालयमा विद्यार्थी संख्या धेरै र शिक्षक दरबन्दी कम हुँदा पठनपाठनमा समस्या परेको छ । तराईका जिल्लामा ५० जना बिद्यार्थी बराबर एक शिक्षक हुनु पर्ने सरकारी नीति भएपनि कपिलवस्तुमा पर्याप्त शिक्षक दरवन्दी अभावमा यो अनुपात मिलेको पाईदैंन ।

विद्यार्थी मात्रै हैन पर्याप्त भौतिक पुर्वाधार भएर पनि नेपाल आदर्श उच्च माध्यमिक विद्यालमा यही समस्या छ । २२ सय ६८ जना विद्यार्थिलाइ २४ जना शिक्षकले पढाउनुपर्ने बाध्यता रहेको प्रधानध्यापक मुक्तिनाथ पोखरेलको गुनासो छ ।

यो मात्रै माहाराजगञ्ज स्थीत जिल्लाकै एकमात्र अग्रेजी भाषामा पठनपाठन हुने कन्या निमाविमा २ सय ७६ जना विद्यार्थी भएपनि एउटा पनि दरवन्दी छैन । निजी श्रोतबाट शिक्षक ब्यवस्थापन गर्नु पर्दा समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिर्घ नारायण पाण्डे बताउँछन् । विगत ३ वर्षदेखी कपिलवस्तुमा विद्यार्थी संख्याको तुलनामा शिक्षक दरवन्दी मिलान गरिएको छैन ।

अहिले जिल्लामा सबै तहमा दरबन्दी र राहत  गरी १ हजार ८ सय २२ शिक्षक कार्यरत रहेका छन् । ९ सय ८८ दरवन्दी अपुग रहेको जिल्ला शिक्षा अधिकारी हरि गौतमको भनाइ छ ।

कपिलवस्तुका चार सय २५ सामुदायिक विद्यालयमा प्राथमिक, माध्यमिक र उच्च माध्यमिक तहमा गरी एक लाख ३१ हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया