Edukhabar
विहीबार, १५ चैत्र २०८०
विचार / विमर्श

शिक्षा सचिवलाई पत्र

सोमबार, ०४ फागुन २०७१

जगतबन्धु वाग्ले /

सचिव ज्यू
नमस्ते !

यो देशको सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि तपाईले नवलपरासीको गैंडाकोटमा भएको कार्यक्रममा भन्नु भएको भनाईले मलाई पनि केही भन्न मन लाग्यो । हामी हरेक कुरा बिदेशको गर्छौ । शिक्षकलाई पनि बिदेशको जस्तो अस्थाई बनाउने योजनाको कुरा ठिक छ ।

तर, ती देशमा ८ घण्टाको कति डलर पाउँछन् ? त्यो बराबर पारिश्रमिक दिनुहोस् सब शिक्षक अस्थायीमा जान तयार छन् ।

अर्को कुरा,

हाम्रा शिक्षक साथिहरु अस्थायी हुन तयार छन्, तर सेवा पछिको जीवनको जिम्मा सरकारले लिने ब्यवस्था मिलाई दिनुहोस् ।

अर्को कुरा,

निम्न कुरा सुधार गर्न सके सामुदायिक शिक्षा सुधार हुन्छ 

१. विनीलाई नियमित स्कुलमा पठाउने 

२ सेमिनार र गोष्टिमा मात्रै धेरै बजेट माग गरि नीतिगत भ्रष्टाचार नगर्ने

३ श्रोत ब्यक्तिलाई पनि लोक सेवा पास गर्नु पर्ने

४ शिक्षण गर्न जाँदा शिक्षकलाई शैक्षिक सामाग्री विना नपठाउने र पाठ्यपुस्तक समयमै पठाउने

५ किताव आकर्षक बनाउने

६ पुरस्कार वितरण गर्दा संघ संगठनसँग नसोधि गर्ने

७ पुरस्कृत शिक्षकलाई अरु विद्यालयमा सहयोगी कक्षा लिने ब्यवस्था गर्ने

८ शिक्षा मन्त्रालय मातहतका सबै कर्मचारीलाई उनहिरुका छोरा छोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने ब्यवस्था गर्ने

९ शिक्षक सेवाका शिक्षकहरुको तलब सत प्रतिशत बृद्धि गरी आकर्षक पेशा बनाउने ताकि निजामती भन्दा आकर्षक होस्
उपरोक्त काम गर्न सके सामुदायिक विद्यालयहरुमा सबैभन्दा राम्रो गुणस्तर हुन्छ ।  
 

प्रतिक्रिया