Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

करार शिक्षक नियुक्ति गर्न समन्वय इकाईलाई अधिकार

शुक्रबार, ०४ जेठ २०७५

भक्तपुर - शिक्षकको नियुक्ति, सरुवा र दरबन्दी मिलानका काम रोकेको शिक्षा विभागले करार शिक्षक नियुक्ति गर्ने अधिकार शिक्षा विकास तथा समन्वय इकाईलाई दिएको छ ।

यस अघि शिक्षक दरबन्दी मिलानको काम केन्द्रबाटै गर्ने भन्दै विभागले गत चैत २१ गते ति तिन काम रोकेको थियो

ति मध्ये दुई काम यथावत राखेर शिक्षक नियुक्तिको बाटो खुल्ला गरेको विभागका प्रवक्ता समेत रहेका निर्देशक केशव प्रसाद दाहालले बताए । यस विचमा कतिपष् विद्यालयका शिक्षक रिटायर्ड हुने, जागिर छाड्ने, निधन हुने लगायतका कारण शिक्षक खाली भएका छन् । त्यसका लागि तत्काल स्थायी शिक्षक नियुक्ति गर्न सम्भव नभएकोले विभागले यो बाटो अपनाएको हो ।

दरबन्दी यकिन भएर आयोग खुलुञ्जेल सम्म समय लाग्ने भएकोले तत्काल पठन पाठनमा समस्या नहोस् भनेर इकाईलाई अधिकार दिईएको दाहालको भनाई छ ।  

'हामीले भर्ना अभियान सक्यौं, बालबालिका विद्यालय भित्रिए तर शिक्षक नै नभए कसले पढाउने ? यस्तो अवस्थामा करारमा भए पनि शिक्षक नियुक्ति गर्नु पर्ने भएकोले बाटो खुल्ला गरेका हौं' उनले भने 'यसबाट विद्यार्थीको पठनपाठन सहज हुने अपेक्षा गरिएको छ ।'

शिक्षकहरुको नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कार्यहरु नगर्न नगराउन निर्देशन गरिएकोमा विद्यालयमा रिक्त रहेका शिक्षक दरबन्दी तथा शिक्षक अनुदान कोटामा करारमा शिक्षक नियुक्ति सम्बन्धि कार्य पूर्ववत् रुपमा नियमानुसार गर्न गराउन भन्दै विभागले सबै इकाईलाई परिपत्र गरेको छ ।

लामो समय देखि शिक्षकको दरबन्दी मिलानको काम हुन नसक्दा चाहिएको ठाउँमा शिक्षक नहुने र नचाहिएको ठाउँमा थुप्रो लाग्ने हुँदै आएको छ । शिक्षक ब्यवस्थापनका लागि खुल्ला र अस्थायी शिक्षकको विज्ञापन संग सँगै गर्ने भन्दै अन्तिम समयमा आएर अस्थायी शिक्षकका लागि तोकिएको परीक्षा स्थगित गरिएको थियो । शिक्षकको आवश्यक संख्या समेत यकिन हुन सकेको छैन । उक्त दरबन्दी र संख्या यकिन गरेपछि खुल्ला विज्ञापन गर्न आवश्यक संख्या समेत थाहा हुने छ ।

प्रतिक्रिया