Edukhabar
शनिबार, ०७ भदौ २०८२
अन्तैवाट

भाषा आयोग ऐनको मस्यौदा पारित गर्ने प्रक्रिया अगाडि बढाउने

विहीबार, २९ असार २०७४

काठमाडौं २९ असार / सभामुख ओनसरी घर्तीमगरले भाषा आयोग ऐनको मस्यौदा बनिसकेकाले पारित गर्ने प्रक्रिया छिट्टै अगाडि बढाउने बताएकी छिन् । भाषा आयोगले काठमाडौंमा गरेको ‘भाषा आयोगको संवैधानिक दायित्व र भावी मार्गचित्र’ विषयक कार्यक्रममा उनले ऐन पारित प्रक्रिया छिट्टै अगाडि बढाउने प्रतिबद्धता जनाएकी हुन् ।

आयोगलाई पूर्णता दिलाउन सरकारको ध्यानाकर्षण गराउने समेत जनाइन् । आयोग गठन भएको महिनौँसम्म पनि पूर्णता पाएको छैन । नयाँ संविधानमा भएको व्यवस्थाअनुसार आयोग गठन भएको हो । संविधानमा ‘संविधान प्रारम्भ भएको मितिले एक वर्षभित्र सरकारले प्रदेशहरूको प्रतिनिधित्व हुने गरी भाषा आयोग गठन गर्ने’ उल्लेख छ । सरकारले २४ भदौमा आयोग गठनसँगै शिक्षा मन्त्रालयका सचिव तथा भाषाविद् डा. लवदेव अवस्थीलाई अध्यक्ष नियुक्त गरेको थियो ।

आयोगले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधारको निर्धाण गरी सरकारलाई सिफारिस गर्नेछ । भाषाको संरक्षण, संवद्र्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपाय सिफारिस गर्ने जिम्मेवारी पनि आयोगको छ ।

नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया