Edukhabar
आइतबार, ०८ भदौ २०८२
खबर/फिचर

कक्षा १२ को नतिजा भोलि, नतिजा एडुखबरमा

विहीबार, १९ साउन २०७४

भक्तपुर–  राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) ले कक्षा १२ को विज्ञान र संस्कृत विषयको नतिजा भोलि सार्वजनिक गर्ने भएको छ । बोर्डको परीक्षा समितिको बैठकले नतिजा शुक्रबार सार्वजनिक गर्ने निर्णय गरेको हो । निमित्त परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।

उनका अनुसार शुक्रबार १० बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक बोलाइएको छ । कक्षा १२ को परीक्षा गत वैशाख १०गतेबाट २२ गतेसम्म सञ्चालन गरिएको थियो । विज्ञान विषयमा मुलुकभरबाट करीव ५० हजार परीक्षार्थी सहभागी थिए ।

सो नतिजा एडुखबर डट कममा हेर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया