Edukhabar
आइतबार, ०८ भदौ २०८२
खबर/फिचर

अस्थायी शिक्षक आन्दोलन तुक बिनाको : शिक्षा सचिव

शनिबार, २१ साउन २०७४

काठमाडौं - शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले अस्थायी शिक्षकको आन्दोलनलाई तुक बिनाको संज्ञा दिएका छन् । अस्थायी शिक्षक समस्या समाधान गर्न मन्त्रालय गम्भिर हुँदा हुँदै पनि अनसनमा उत्रिनुको औचित्य नभएको उनको तर्क छ ।

शनिबार रिपोर्टस क्लवमा भएको कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारले अस्थायी शिक्षकका माग सम्बोधन गर्नको लागि कुनै कसर बाँकी राखेको छैन, आजैदेखि उहाँहरुलाई अनसन तोड्नेको लागि आग्रह गर्दछु ।'

शिक्षा विद्येयकले अस्थायी शिक्षकलाई अन्यायमा नपारि एकपटक परिक्षामा सामेल हुने मार्ग प्रसस्त गरिएको उनको तर्क छ ।

'त्यो परीक्षामा पास हुने स्वतः स्थायी हुन्छन् र जो परीक्षामा सहभागि हुन चाहँदैनन् त्यस्ता शिक्षकहरुलाई गोल्डेन ह्याण्ड सेकसहित सम्मानजनक तरिकाले विदाई गर्ने भनेको छ ।’ उनले भने ।

 

प्रतिक्रिया