Edukhabar
आइतबार, ०८ भदौ २०८२
खबर/फिचर

विद्यार्थी गाउँमै फर्काउन स्थानीय सरकार प्रतिवद्ध

विहीबार, २६ साउन २०७४

मनाङ् - आफ्ना गाउँका विद्यार्थी आफ्नै गाउँका सामुदायिक विद्यालयमा फर्काउन चामे गाउँपालिकाले प्रतिवद्धता जनाएको छ । यसका लागि अभिभावकको विश्वास जित्ने गरी शैक्षिक सुधार र अन्य आवश्यकीय वातावरण निर्माण गर्ने उनीहरुको प्रतिवद्धता छ ।

गाउँपालिकका अध्यक्ष, उपाध्यक्ष सहितका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुको उपस्थितीमा मंगलबार भएको छलफलमा उक्त प्रतिवद्धता जनाईएको हो । जिल्ला शिक्षा कार्यालय मनाङको आयोजनामा चामे गाउँपालिकाको शैक्षिक सुधारको विषयमा भएको उक्त छलफल पछि शिक्षा सुधारका बारेमा भएका निर्णयको छैठौं बुँदामा उक्त प्रतिवद्धता उल्लेख गरिएको छ ।

'स्थानीय अभिभावकका बालबालिकाहरु राम्रो शिक्षा दिलाउन अन्य जिल्लामा लैजाने क्रम रोक्न र लगेका वालवालिकालाई आफ्नै गाउँको विद्यालयमा फर्काउने वातावरण निर्माण गर्न सबै विद्यालयहरुले पढाइ हुने दिन र समय वृद्धि गर्ने' उक्त बुँदामा उल्लेख गरिएको छ 'कमजोर विद्यार्थीलाई विद्यालय समय बाहेकको समय तथा बिहान वेलुका र विदाको समयमा पनि थप कक्षाहरु लिने, सवै विद्यालयका शिक्षक र प्रअहरु शैक्षिक सुधारको लागि सक्रिय भएर लाग्ने निर्णय गरियो ।'

जिल्लाका २७ सामुदायिक विद्यालयमा ७ सय ५० विद्यार्थी अध्ययनरत छन् । ती सबै विद्यार्थी विभिन्न जिल्लाबाट कामको खोजिमा मनाङ् पुगेका श्रमिक अभिभावकका सन्तान रहेको जिशिअ रमाकान्त शर्माले बताए ।

'यही जिल्लाका विद्यार्थी त काठमाडौं, पोखरा लगायतका शहरमा पढ्छन्' उनले भने, 'त्यस मध्ये पनि यही शैक्षिक सत्रमा एउटै विद्यालयबाट १४ जना विद्यार्थी अन्तै जानु चिन्ताको विषय बनेको छ ।'

विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत आएसँगै सामुदायिक विद्यालय सुधारको मौका आएकोले यसलाई गुम्न नदिन आफूहरुले सहजीकरण मात्रै गरेको उनको भनाई छ ।

विद्यालय सुधार्ने र ब्यवस्थापन लगायतका काम गर्ने त स्थानीय सरकारका प्रतिनिधिहरुले नै हो, हामीले त केवल सहजीकरण गरेका हौं, उनले भने, स्थानीय जनप्रतिनिधिहरु स्कुलमा पस्नै डराएको अवस्था थियो, यस्ता छलफल र अन्तरक्रियाबाट त्यो अवस्था पार गरिएको छ, स्थानीय जनप्रतिनिधिहरु विद्यालय छिर्न थाल्नु भएको छ ।

शिक्षा सुधारका लागि गाउँपालिकाका पदाधिकारि, वडा समितिहरु र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले आलोपालो गरी नियमित विद्यालय अनुगम गर्ने विद्यालयमा देखिएका समस्या समाधान गर्न प्रयास गर्ने र विद्यालयको शैक्षिक सुधारमा पहल गर्ने निर्णय समेत भएको छ ।

जिशिकाकै अगुवाईमा जिल्लाका चार गाउँपालिका मध्ये यस अघि नै अरु २ गाउँपालिका नेस्याङ् र नारफूका स्थानीय सरकारका प्रतिनिधिलाई शिक्षाका अधिकारका बारेमा जनाकारी गराई सकिएको छ । बाँकी रहेको नासुङ् गाउँपालिकामा पनि छिट्टै ष्स्ते अन्र्तक्रिया गर्ने योजना रहेको जिशिअ शर्माले बताए ।

चामे गाउँपालिकाको शैक्षिक सुधारको लागि हरेक विद्यालयका प्रअबाट विद्यालयगत प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।  जसमा विद्यालय सुधार तथा विद्यार्थी बढाउने योजना पनि उल्ल्ेख गरिएको थियो । विद्यालयको भौतिक अवस्था,  सुधारको लागि आवश्यक रहक तथा गाउँपालिकाबाट हुने निकासाहरुका बारेमा पनि विस्तृत छलफल भएको थियो ।

विद्यालयको शैक्षिक सुधारको लागि राम्रो पढाइ भएको विषयमा विश्वास दिलाउने जसले गर्दा सरकारको र अभिभावकको खर्च सदुपयोग हुने अपेक्षा गरिएको थियो ।

गाउँपालिकका अध्यक्षको अध्यक्षतामा चामे गाउँशिक्षा समिति गठन गर्न गाउँपालिकालाई अनुरोध गर्ने निर्णय समेत छलफलले गरेको छ । उक्त समितिको सक्रियतामा गाउँपालिकको शैक्षिक सुधारको लागि  गाउँ शिक्षा योजना निर्माण गरी सवैको सहभागितामा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाईएको छ ।

शैक्षिक सुधारको लागि गाउँपालिका, वडा समितिहरु, विद्यालयहरु तथा विद्यालय व्यवस्थापन समितिका पदाधकारीहरु, प्रधानाध्यापकहरु, शिक्षकहरु, स्रोत व्यक्ति, विद्यालय निरीक्षक योजनाबद्ध तरिकाले सक्रिय भएर लाग्ने पनि निर्णय गरिएको छ ।

विद्यालयको पठन पाठन सुधार गर्न अभिभावकलाई पनि सचेतिकरण गर्ने र यसका लागि अभिभावक छलफल, अन्तरक्रिया, बैठक राख्ने निर्णय समेत उक्त छलफलले गरेको छ ।

प्रतिक्रिया