Edukhabar
सोमबार, ०९ भदौ २०८२
खबर/फिचर

कक्षा १२ प्राविधिकको नतिजा प्रकाशित

सोमबार, ०५ भदौ २०७४

भक्तपुर - कक्षा १२ को प्राविधिक विषय समूहको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार विहान बसेको बैठकले नतिजा प्रकाशित गरेको हो ।

परीक्षामा सम्मिलित १ हजार ९ सय ३१ मध्ये ३ सय ४४ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । उत्तीर्ण परीक्षार्थीले अन दी जब ओजेटी गरिसकेपछि मात्रै पूर्ण नतिजा प्राप्त गर्ने बोर्डले जनाएको छ । त्यस पछि मात्रै उनीहरुले मार्कसिट र प्रोभिजनल सर्टिफिकेट प्राप्त गर्ने छन् । यसका लागि विद्यार्थीले ६ महिने ओजेटी गर्नु पर्ने हुन्छ ।

कक्षा १२ अन्र्तगत पशु र वनस्पती विज्ञान तथा ईञ्जिनीयरिङ् तर्फ प्राविधिक समूहको अध्ययन हुँदै आएको छ ।

सोमबारै प्रकाशित कक्षा १२ तर्फ संस्कृत वेद विद्याश्रम तर्फ ८ जना सहभागि भएकोमा सबै विद्यार्थी उत्तीर्ण भएका बोर्डले जनाएको छ ।

प्रतिक्रिया