Edukhabar
सोमबार, ०९ भदौ २०८२
खबर/फिचर

अस्थायी शिक्षकको परीक्षा अनिश्चितकालका लागि स्थगित

मंगलबार, ०६ भदौ २०७४

भक्तपुर - अन्ततः अस्थायी शिक्षकका लागि लिन लागिएको परीक्षा स्थगित भएको छ ।

प्रधानमन्त्री कार्यालयले परीक्षा स्थगित गर्न निर्देशन दिए पछि शिक्षक सेवा आयोगले परीक्षा आउन ४ दिन बाँकी रहँदा परीक्षा स्थगित गरेको हो ।

'अविरल वर्षाको कारणले सिर्जना भएको असहज परिस्थिती अझै विद्यमान रहेको, राज्यको सम्पूर्ण ध्यान उद्धार तथा राहत कार्यमा केन्द्रित गर्नु परेको, जनधनको क्षतीबाट प्रभावित परिवारका सदस्यहरुको मानवीय संवेदना एवं यातायात पुर्वाधारमा पुगेको क्षतीले गर्दा उत्पन्न भएको कठिनाई समेतलाई मनन् गरी उल्लिखित परीक्षा कार्यक्रम २०७४ असोज ८ गते सम्मका लागि स्थगित गर्न' भन्दै प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

यस अघि असार २४ गतेका लागि तोकिएको परीक्षा आयोगले भदौ ३ गतेका लागि सारेको थियो । उक्त मिति पनि अन्तिम समयमा आएर भदौ १० लाई सारिएको थियो  ।

परीक्षा स्थगित हुँदा अस्थायी शिक्षक समस्या समाधान गर्ने शिक्षा ऐन आठौं संशोधनको विपरित कार्य भएको भन्दै आलोचना भएको छ ।

ऐन जारी भएको १ बर्ष पछि अस्थायी शिक्षकको एक समूहले विरोध गरेपछि मन्त्रालयले ऐन संशोधनको प्रकृया शुरु गरेको छ । जुन संसद सम्म पुगेको छ ।

प्रतिक्रिया